खोज प्रेस नेपाली पत्रकारिता क्षेत्रमा फरक आयामसहित खोज प्रेसलाई हरेक नागरिकको सत्य, निष्पक्ष र विश्वसनीय आवाज बनाउनु हाम्रो प्रमुख उद्देश्य हो । पत्रकारिता मार्फत हामी निरन्तर आवाज बुलन्द गर्ने छौ । सत्य र निष्पक्ष पत्रकारिताको हाम्रो पहिलो प्राथमिकता हो ।
सत्यको कसिमा तथ्यलाई केलाउँदै सत्य र सन्तुलित समाचार लेख्नेछौँ । हामी आम नागरिक माझ प्रतिबद्धता व्यक्त गर्छौ, “अन्याय र अत्याचारविरुद्ध निरन्तर खबरदारी गर्नेछौ ।”
खासमा नेपाली पत्रकारितामा नौलो गन्तव्य स्थापित गर्ने हाम्रो लक्ष्य हो । यद्यपि, पाठक एवम् दर्शक श्राेताबाट विश्वास आर्जन गर्न निस्चय पनि सहज छैन । तर हामी त्यही असहज गन्तव्य रोज्छौ र निरन्तर प्रयास गर्नेछौ । अविराम र अविचलित हुँदै उल्लेखित प्रतिज्ञाहरूको परिपालनामा कटिबद्ध र प्रतिबद्ध हुनेछौँ । यतिबेला नयाँ सञ्चार माध्यम्का रूपमा अनेकौँ पत्र पत्रिका,रेडियो,टेलिभिजन अनलाईन पत्रिका पत्रकारिता जगतमा स्थापित छ । सूचनाको परिपक्वताबिना ‘ब्रेकिङ’को नाममा समाचार सम्प्रेषण गर्ने चल्दा एकातिर चल्दा अर्कातिर यसले पत्रकारिता जगतलाई एक ढङ्गले बदनाम गराउँदै लगेको स्थिति छ । अहिले मिडियामा आउने समाचारको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने गरेको छ । यस्तै तमाम समस्याको निवारण गर्न खोज प्रेस आएको हो ।