
यो माया थिएन तर केहि अस्पष्ट थियो,
भ्रमको नाच, फुसफुसाहटको प्रलोभन।
न सूर्यको अँगालो
न चन्द्रमाको कोमल चुम्बन
तर तिम्रो क्षणिक क्षण, अनिश्चित आनन्द।
यो माया थिएन – सायद चिंगारी थियो,
तिम्रो हसाएर फसाउने नियति थियो
त्यो क्षणभर प्रकाश दिने रातको मैनबत्ती थियो।
यो प्रेम थिएन, यद्यपि प्रेमको भेष लगाएको थियो
तिम्रो मनमा सायद केहि पलका लागि आकर्षण पलाएको थियो
यो माया थिएन तै पनि आफ्नो छाप छोड्यो
बस् तिम्रा त्यही झुटा मायालु भाव छोड्यो
तिम्रो स्पर्शले मलाई न्यायो सदाका लागि दिएको थिएन
न त तिम्रा प्रतिज्ञाहरूले मेरो आत्मा भर्यो
यो तिम्रो माया थिएन कि खै म धेरै याद गर्छु
न त तिम्रो अनुपस्थितिले भुत जस्तै आजभोलि सताउँछ मलाई
तेस्तै तेस्तै थियो
प्रेमको अँगालो होइन
तिमीले गरेका षड्यन्त्रहरू थिए
अब बिदाइ – तिम्रा छलपूर्ण बाटाहरूलाई
तिम्रो त्यो माया थिएन खै के को मोह थियो,
जुन मोहमायामा म थिइन
अनि म मा तिमी बाहेक कुनै अरु मोह थिएन।
लेखक : सुबोध कार्की