कविता

पैसा अचम्म छ

हलचल र शान्त सहरहरूमा,
सुनको मुकुट लगाएर पैसा घुम्छ।
हरेक पल हाम्रो नाम बोलाउछ।
एक मौन शक्ति, एक सूक्ष्म खेल,पैसा! पैसा!!

यो हाम्रो सपनामा मज्जाले नाच्छ।
मर्ने बेला पनि मानिसले‌ पैसा समात्छ।
यसले भव्य भोजहरूको गीत गाउँछ।
पैसा‌ले मानिसलाई मर्न मार्न लगाउछ।

बुद्धिमानीलाई मुर्ख बनाउछ।
मानवलाई दानव बनाउछ।
कसैलाई रोगी बनाउँछ।
कसैलाई भोगी बनाउँछ।

गहिरो गोजीमा लुकाउन मन लाग्छ।
कतै देख्यो कि तन मन त्यतै भाग्छ।
तर पनि कहिलेकाहीँ, पैसाले आँसु बगाउँछ।
कहिले सुखको भारि वर्षा निम्त्याउछ।

यही पैसाले मानिसलाई विलासि बनाउछ।
कुनै समय‌ घाँटी अठ्याउछ,कहिले आनन्द दिलाउँछ।
कहिले खानासँगै सराब त कहिले विष पिलाउँछ।
मनलाई जलाउछ, दिमागलाई लोभमा दुवाउँछ।

सबै गाउँछन पैसा ! पैसा!!
कसैले भएर आराम पाउँछ।
कसैले नभएर जीवनको पुर्णबिराम पाउँछ।
पैसा, अचम्म छ, ज्यान बचाउँछ पनि ज्यान लान्छ पनि।

  • प्रकाशित मिति :- आइतवार, जेष्ठ २०, २०८१
  • सुबोध कार्की

    लेखकबाट थप
    © 2024 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |