कविता

ओहो कति गर्मी

गर्मी बढ्यो, सुर्यको ताप धर्तीमा पर्यो अनि पृर्थवीको तापक्रम बढ्नाले उसलाई ज्वरो आयो ।
जीवहरुले‌‌ सास लिदा ड्रागनले सास लिग्दा आगो आएझै छ ।
बादलहरू कायरझै डराए‌ अनि आकाशमै लोप छन् ।
रूखहरू, कंकाल जस्तै कडा र खाली खडा छन् ।

ओहो कति गर्मी !
वर्षाको फुसफुसाहट र चिसो हावाको सास मानौ‌ दुर्गम ठाउँमा छ ।
महासागरहरु उम्लिदै छन्, पहाड अनि हिमशिखर पग्लिदै छन्।
रातहरूले कुनै चिसो विश्राम दिँदैन।
शान्ति छैन, मीठो आराम छैन।

बगैंचामा पङ्खुडीहरु शोकमा झुकेका छन् ।
नदी र पानीका स्रोतहरु पनि आति्एका छन् ।
चराचुरुङ्गीहरु भौतारिदै आकाशमा जलको पर्खाइमा छन् ।
वन धुवा र डडेलोले त्रसित छ ।

दिउँसोको भट्टी मुनि पृथ्वी फुट्दै छ ।
हरेक निधारबाट नदीझै पसिना बगेको‌ छ ।
जनावरहरू शीतल ठाउँमा शरणको खोजी छन् ।
सुर्य रिसाएको‌ छ, धर्ती तिर्खाएको छ ।

  • प्रकाशित मिति :- आइतवार, जेष्ठ २७, २०८१
  • सुबोध कार्की

    लेखकबाट थप
    © 2024 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |