महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ । यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको छ ।

श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने नेपालको दोस्रो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा खेलेका थिए । उक्त खेलमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।

नेपाल रहेको समूह ‘ए’ को अर्को खेल आजै दिउँसो २ः१५ बजे भारत र यूएईबीच हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

गत शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।

यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले आज पाकिस्तानसँग दोस्रो खेल खेलेपछि मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • प्रकाशित मिति :- मङ्लबार, साउन ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |