Category: खेलकुद

खेलकुद

  • ओमान र नामिबियाको खेल सुपर ओभरमा

    ओमान र नामिबियाको खेल सुपर ओभरमा

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ ।

    ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर पहिलो र तेस्रो बलमा विकेट गुमाएपछि नामिबिया दबाबमा आयो ।

    अन्तिम ३ बलमा नामिबियालाई ५ रन आवश्यक रह्यो ।

    चौथो बलमा ब्याट्सम्यानले १ रन मात्रै जोड्न सके । ५ औँ बलमा २ रन बटुले । अन्तिम बलमा नामिबियालाई जितका लागि २ रन आवश्यक थियो ।

    मेहरान खानले फ्याँकेको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन् । नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरेपछि खेल बराबरी भयो ।

  • आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

    आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

    गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

    रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।

    टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।

    बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।

    त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।

    वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।

  • टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

    टी–२० विश्वकप : आयोजक अमेरिकाको विजयी सुरुवात

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ । घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

    अमेरिकामा क्रिकेट विश्वकपको इतिहासकै पहिलो खेल खेलिएको हो । अमेरिकामा खेलिएको विश्वकपको यो ऐतिहासिक खेलमै कुल तीन सय ९१ रन बन्यो । अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे ।

    दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए । उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी १० छक्का र चार चौका हिर्काए ।

    गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । अर्का ओपनर मोनांक पटेलले भने १६ रन बनाए ।

    दोस्रो विकेटका रूपमा कप्तान मोनांक पटेललाई गुमाउँदा घरेलु टोली अमेरिकाले केवल ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रिज गौस र एरोन जोन्सले टोलीको स्कोरलाई एक सय ७३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।

    कोरी एन्डर्सन तीन रनमा अविजित रहे । अमेरिकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए ।

    त्यसअघि आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध क्यानडाले गतिलो ब्याटिङ गरेको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

    चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन पनि टोलीको खातामा ५१ रन थपे । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले पनि अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

    ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि टोलीको खातामा २३ रन थपेका थिए । क्यानडाले अतिरिक्त रूपमा पनि १० रन पाएको थियो । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।

  • रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

    रियललाई १५ औं पटक च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । स्पेनिस च्याम्पियन टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

    रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् ।

  • सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

    सन्दीपले भने, ‘मेरो सपना पूरा नभए पनि खुसी छु’

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

    लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।

    नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरिसकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।

    फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो ।

  • आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

    आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

    काठमाण्डौ  । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको  १ सय १४ रनको लक्ष्य कोलकाताले  १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

    कोलकाताका  रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।

    यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो । उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्ससँगको खेलमा  ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

  • सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

    सन्दीपको भिसाका लागि सरकारले पहल गर्ने, खेलकुदमन्त्री समन्वयमा

    काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकार गम्भीर बनेको छ । तालुकदार निकायहरूले सन्दीपको भिसा खुलाउन आवश्यक पहल अगाडि बढाएका छन् ।

    हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन । सन्दीपसँग यसअघि अमेरिकाको पाँच वर्षे मल्टिपल भिसा थियो । तर, उक्त भिसा दूतावासले एकपक्षीय निर्णय गरेर बीचमै रद्द गरिदिएको बुझिएको छ । त्यही भएर अहिले फेरि भिसाका लागि आवेदन दिनुपरेको हो ।

    हिजो सन्दीपले स्टाटस लेखेर आफूलाई दोस्रोपटक भिसा दिन दूतावासले अस्वीकार गरेको जानकारी दिएका थिए । त्यसलगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासले अहिलेसम्म कुनै पनि प्रष्टीकरण दिएको छैन । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभागी हुने कार्यक्रममा भाग लिन लुम्बिनी पुगेका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान) ले हिजै खेलकुद परिषद, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । सबैले यसलाई गम्भीरतापूर्वक लिएको क्यान स्रोतले बतायो । खासगरी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सक्रियतापूर्वक पहलकदमीमा लागेका छन् । क्यान सचिव पारस खड्का र सन्दीपसँग उनको आज बिहानैदेखि छलफल भइरहेको छ ।

    खेलकुदमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पहल अगाडि बढाइने बताए ।

    उनले भने, ‘यो विषयलाई हामीले गम्भीररूपमा लिएका छन् । प्रक्रियागतरूपमा आवश्यक पहलकदमी भइरहेको छ ।’

    क्यानले सन्दीपको भिसा प्रक्रियाका विषयमा अवगत गराउँदै खेलकुद परिषदमा पत्र पठाएको छ । क्यानको पत्रमा अदालतले सन्दीपको मुद्दामा गरेको फैसला, आइसीसीले सन्दीपलाई विश्वकप खेल्न दिएको अनुमतिपत्र, क्यानले सन्दीपलाई टीममा समावेश गर्न गरेको निर्णयका कपिहरु समावेश छन् ।

    क्यानले पठाएको पत्र र डकुमेन्टबारे अध्ययन भइरहेको खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बताए ।

    उनले भने, ‘सबै डकुमेन्टहरू अध्ययन गरेर हामी तालुकदार खेलकुद मन्त्रालयमा आवश्यक सिफारिस गर्नेछौं । खेलकुद मन्त्रालयले परराष्ट्रमा पठाउने छ ।’

    आज सार्वजनिक विदाका कारण अमेरिकी दूतावास खुलेको छैन । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भोलि सरकारी स्तरबाट अमेरिकी दूतावासमा प्रक्रिया अघि बढाइने बताए । उनले विश्वकपका लागि अझै केही दिन बाँकी रहेको भन्दै सन्दीपलाई दूतावासले समयमै भिसा दिने आशा व्यक्त गरेका छन् ।

  • चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

    चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

    काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

    एम चिन्नास्वामी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा आरसिबीले चेन्नईलाई २७ रनले पराजित गरेको हो ।

    आरसिबीले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।

    उसका लागि रचिन रबिन्द्रले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । ३७ बलको सामना गरेका रबिन्द्रले पाँच चौका र तीन छक्काको मदतमा ६१ रन बनाए । त्यस्तै रविन्द्र जडेजाले ४२, अजेन्का रहानेले ३३, महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

    आरसिबीका यश दयाल दुई तथा ग्लेन म्याक्स्वेल, मोहमद सिराज, लोकी फर्ग्युसन, क्यमरुन ग्रिनले एक एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको हो ।

    उसका लागि कप्तान फाफ डु प्लेसिस अर्धशतक प्रहार गरे । ३९ बलको सामना गरेका डु प्लेसिसले तीन छक्का र तीन चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।

    चेन्नईका लागि सार्दुल ठाकुरले दुई तथा मिचेल सेन्टनर र तुषार देशपाण्डेले एकरएक विकेट लिए ।

    योसँगै आरसिबी यो सिजनको आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली बनेको  छ। यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।

  • लगातार चौथो पटक एपीएफ च्याम्पियन

    लगातार चौथो पटक एपीएफ च्याम्पियन

    काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै एपीएफ च्याम्पियन भएको हो ।

    एपीएफ पहिलोदेखि चौथो संस्करणसम्म च्याम्पियन बन्न सफल रह्यो । कुल पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपीएफले सुदूरपश्चिमलाई हराएको थियो । फाइनल निकै प्रतिस्पर्धात्मक भए पनि सुदूरपश्चिमले जित निकाल्न भने सकेन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५३ रन मात्र जोड्न सक्यो ।

    खराब शुरुवात बाबजुद सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले शतकीय साझेदारी गर्दै जित आशा देखाए । ६.४ ओभरमा सुदूरपश्चिम ४९÷५ को अवस्थामा थियो । तर, कविता र लक्ष्मीले छैटौँ विकेटका लागि १०४ रनको साझेदारी गरे । तर अन्तिम ओभरमा पाँच रन बनाउन असफल हुँदा सुदूरपश्चिमले हार व्यहोर्‍यो । कविता ६७ रन र लक्ष्मी २९ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेकी कविताले ४५ बलमा सात चौका र ३ छक्का प्रहार गरे । सुस्त खेलेकी लक्ष्मीले ३५ बलमा दुई चौका हिर्काइन् ।

    त्यसअघि कप्तान विन्दु रावल १९, सम्झना खड्का १० र सावित्री धामीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एपीएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन विष्टले एक विकेट लिए । करुणाबाहेक सबै बलर महँगा रहे पनि एपीएफले लक्ष्य पूरा गर्न दिएन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १५५ रन जोड्यो । एपीएफका ओपनरद्वय राजमति ऐरी र सीता रानामगरले अर्धशतक बनाउँदै राम्रो योगफलतर्फ अग्रसर गराए । राजमति ५० रन र कप्तान सीता ७४ रनमा आउट भए ।

    यी दुईबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी बन्यो । राजमतीले ४६ बलमा सात चौका हिर्काइन् । ५५ बल खेलेकी सीताको इनिङमा सात चौका रह्यो । इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै सीताले राम्रो स्थितिमा पुर्‍याइन् । ममता चौधरी १० रनमा नटआउट रहिन् । यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, बिन्दु रावल र राधिका पुजराले समान एक विकेट लिए ।

    लिगमा अपराजित एपीएफ पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी कप्तान सीता रानामगर घोषित भइन् । उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी सम्झना खड्का र उत्कृष्ट बलर ललितपुर मेयर्स–११ की कृतिका मरासिनी घोषित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स,  कोसी प्रदेश र बागमती क्रमशः तेस्रोदेखि पाँचौँ स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।

  • विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

    विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

    काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल (वामअर्प म्याच) खेल्ने भएको छ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।

    आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।

    नेपालले २७ मेमा क्यानडासँग खेल्ने छ। यो खेल ग्रान्ड प्रेयरी क्रिकेट रंगशाला, टेक्सासमा हुनेछ। दुई दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने छ।