Tag: सुस्मिता सापकोटा

  • म के गरु ?

    म के गरु ?

    सन्तुष्ट छैन मन, याकुल व्याकुल छ
    सफलता केही कोश पर
    न कोहीको साथ
    न कोहीको माया नै छ
    अरूको प्रगतिले मलाई गिज्याइरहेको छ
    आफ्ना भन्ने टाढिएका छन्
    मनमा शब्द गुम्सिएका छन्
    बोल्न जिब्रो लड्बडाउँछन्
    झस्कि रहन्छ  यो मन
    हात काँप्छन् थर्थर
    आफ्नो छायाले कराएर भन्छ केही त गर
    तर म के गरुँ ?

    पाइला सार्दा पाइला डग्मगाउँछ
    सफलताको खोजीमा उमेर ढल्कियो
    मलाई थाहा छ ।
    ए समय पख् न एक क्षण बन्दी बनाएर अझै राख्छस् केही समय प्वाँख फुकाएर बाँच्न चाहन्छु
    एकचोटि मलाई दया गरेर त हेर
    मेरा ओठ हाँस्न नपाएर तड्पिएका छन्
    मेरा आँखामा चमक नभएर उदासीन छन् एकोहोरिएको सुर पाउँदिन
    आफ्नै छायाले डराउन दिन्छ
    केही कुराको भेउ पाउँदिन
    लाग्छ भिडमा कतै हराएको छु
    शन्यूता, मौनता र अँध्यारालाई साथी बनाएको छु ।
    प्रयास गर्दा पनि हराइरहेको छु
    अभाव नै अभावमा बाँचिरहेको छु
    न त कोहीका लागि खास छु
    न त कतै खुसी पाउने विकल्प देख्छु ।

    `बा´ को सिरको टोपीमा
    आशा लुकेको देख्छु
    आमाको म प्रतीको आकांक्षा
    यी कुराले निद्रा पर्दैन
    यति देख्दा पनि ईश्वरले किन मलाई दया गर्दैन
    शिरमा सजाएर राखेको बा को आश
    हत्केला रंगाएर राखेको आमाको आशले
    साथीहरुसँग रमाउँन हृदयले आवश्यक ठान्दैन
    मलाई केही गर्दिनी भनेर नकाटे कुरा
    म त मेरो यात्रा अघि बढाउन चाहन्छु
    मेटिएको मेरो जिवनको पाना कोर्ने चाहान्छु

    सुस्त सुस्त हिँड्ने बाटुवा हुँ म
    हिँड्ने बाटोमा काँडा नरोपिदिनु
    म काडा टिपेर फुल रोप्न्ने सक्छु
    म झरेको फुलको पालुवा हु
    पलाउन सक्छु ।

    – सुस्मिता सापकोटा