Tag: नेप्से

  • साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

    साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

    आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।

    आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

  • ६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार

    ६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार

    काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ अबंले बढेको छ । नेप्से ०.२० प्रतिशतले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । दुई दिन सार्वजनिक विदामा बन्द रहेको नेप्से बुधबार बजार खुल्दा २ अंकले बढेको थियो । आज नेप्से ६ अंकले बढेसँगै कारोबारमा पनि बढोत्तरी भएको छ ।

    आज १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेले ३ पटकसम्म ३ हजारको विन्दु पार गरे पनि बजार बन्द हुँदा भने १९७४ विन्दु मात्र कायम भएको छ ।

    नेप्से बढ्दा विकास बैंकमा लगानीकर्ताको अकर्षण देखिएको छ । आज विकास बैंक ४.५२ प्रतिशतले बढेर ५९३०.१७ विन्दुमा पुगेको छ । १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ५ समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

    आज ३३३ वटा कम्पनीको शेयर २ लाख १६ हजार ४५५ पटक किनबेच हुँदा १३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आज ७ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ भने एक डिभेन्चरमा नेगेटिभ सर्किट लागेको छ ।

  • ३४ अंकले घटे नेप्से, २८ अर्बमाथिको कारोबार

    ३४ अंकले घटे नेप्से, २८ अर्बमाथिको कारोबार

    काठमाडौं ।  भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ । साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार विन्दुमा रहेको थियो ।

    आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

    आज आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ । यस्तै  जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ । सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४.४९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

  • नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    काठमाडौं । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।

    आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

    आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।

    १३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ७ समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको १५५.०९ अंकले बढेको छ भने सबैभन्दा बढी जीवन बीमा ६९.६६ अंकले घटेको छ ।

    आज इमर्जिङ नेपाल, शुभम पावर, सिटि होटल, कुथेली बुखारी साना हाईड्रोपार, भगवती जलविद्युत विकास र सामलिग पावर कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

  • सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।

    बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ । सामान्य अंकको वृद्धिसँगै नेप्से परिसूचक १९६९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा बुधबार ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १५ वटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

    बुधबार नेप्सेमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ७२ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य वृद्धि आएपनि २ कम्पनीको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माइखोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८४ प्रतिशतले घटेको छ । यसक्रममा बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।

  • नेप्से १२ अंकले बढ्यो

    नेप्से १२ अंकले बढ्यो

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ ।

    अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर, आइतबार खुलेको बजारमा नेप्से सूचक १२.२९ अंकले बढ्दै १९८४.४३ अंकमा उक्लिएको हो ।

    आइतबार बैंकिङ र म्युचुअल फण्ड बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । म्यानु एण्ड प्रो समूहको उपसूचक १.९० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.१५ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेको छ भने आइतबार बैंकिङ समूहको उपसूचक र म्युचुअल फण्डको उपसूचक भने क्रमशः ०.३४ प्रतिशतले र ०.४३ प्रतिशतले घट्न पुगेको छ ।

    आइतबार कारोबार भएका २४५ कम्पनीहरू मध्ये १७६ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । यता ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    १२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।