Tag: पेट्रोलियम पदार्थ

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।

    आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

    मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

    हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

  • पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

    पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपछि सरकारी पेट्रोल पम्पमा भीड

    काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात् निजी प्राइभेट पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोकेका छन् । त्यसलगत्तै सरकारी पेट्रोल पम्पमा सर्वसाधारणहरूको भीड लागेको छ ।

    _AB_5796

    देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरीको  पेट्रोल पम्पमा सर्वसाधारणको भीड लागेको हो । नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्प लगायतका पेट्रोल पम्पमा लागेको सर्वसाधारणको भीडका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।