Tag: प्रधानमन्त्री ओली

  • प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    काठमाडौ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली मंगलबार बैंकक पुगेका छन् ।

    थाई समकक्षीको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

    प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जंग्राउन ग्रेङकिटदम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङदम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाई प्रधानमन्त्री पे थोङथान शिनावात्राले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेकी थिइन् ।

    प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।

    बुधबार नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीबिच औपचारिक वार्ता हुनेछ । त्यसक्रममा दुई सरकारी र ६ निजी क्षेत्रबिच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विपक्षीय वार्तापछि नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । उनले थाइल्यान्डका नरेश महा बजिरालोङकोर्नसँग शिष्टाचारर भेट गर्नेछन् ।

    प्रधानमन्त्री ओलीले बिहीबार थाइल्यान्डका प्रतिष्ठित व्यवासायीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गर्ने तथा नेपालका तर्फबाट एक लाख डलर सहयोग गर्ने कार्यक्रम पनि तय भएको छ ।

    औपचारिक भ्रमण सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् । प्रधानमन्त्री ओली बिहीबार साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई थाई प्रधानमन्त्रीद्धारा आयोजित औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् । उनी शुक्रबार बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यही दिन प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    बिमस्टेक नेताहरूबिच मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर हुने कार्यक्रम रहेको ओलीले संसद्लाई जानकारी दिएका छन् । शुक्रबार साँझ बैंककस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएर प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्किनेछन् ।

  • पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

    पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने बताएका छन् ।

    आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको उल्लेख गरेका छन् ।

    उनले उक्त कार्यदललाई यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी दिइएको समेत जनाएका छन् ।

    प्रधानमन्त्रीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई अनुरोध समेत गरेका छन्

    प्रधानमन्त्री ओलीले थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको समेत जनाएका छन् ।

     

  • प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

    प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

    प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो ।

    संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

    प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

    नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।