Tag: सन्दिप लामिछाने

  • विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    काठमाडौं ।  टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ ।

    उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार बिहान वेस्ट इन्डिज पुगेका हुन् ।

    अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएका हुन् ।

    अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

    फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

    नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

    वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

  • सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो ।

    मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा बहस भएको थियो । बाँकी बहस भोलि (बुधबार) हुनेछ  । 

    गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

    उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।  उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।