Category: खेलकुद

खेलकुद

  • महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

    महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

    काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज नेपाल पाकिस्तानसँग भिड्ने भएको छ । यही साउन ६ गते शुक्रबारबाट सुरु भएको उद्घाटन खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरिसकेको छ ।

    श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने नेपालको दोस्रो खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा खेलेका थिए । उक्त खेलमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।

    नेपाल रहेको समूह ‘ए’ को अर्को खेल आजै दिउँसो २ः१५ बजे भारत र यूएईबीच हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    गत शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाएर नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो ।

    यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले आज पाकिस्तानसँग दोस्रो खेल खेलेपछि मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

  • एसिया कपमा नेपालको ऐति हासिक जित

    एसिया कपमा नेपालको ऐति हासिक जित

    काठमाडौं । नेपालले एसिसी महिला एसिया कपमा ऐतिहासिक जित निकालेको छ। एसिया कपकाे उद्घाटन खेलमा शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेकाे हाे।

    नेपाल यसअघि दुई पटक एसिया कप खेले पनि जित भने निकाल्न सकेकाे थिएन्। याे एसिसी महिला एसिया कपमा नेपालकाे पहिलो जित हो।

    श्रीलंकाको दम्बुलामा यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा पूरा गर्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ प्रदर्शन गर्दै अविजित ७२ रनको योगदान दिइन्। यस क्रममा उनले ४५ बलमा ११ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन्। पुजा महतो ७ रनमा नटआउट रहिन्।

    नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन्। रुविना क्षेत्री १० रन जोडेर पेभेलियन फर्किइन्।

    बलिङमा युएईकी कविशाले ३ विकेट र लावण्या केनीले एक विकेट लिइन्।

    यसअघि नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेकाे यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ र कभिसा गोडागले २२ रनको योगदान दिए।

    नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा कृतिका मरासिनी र सबनम राईले एक-एक विकेट लिए।

    समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

  • क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

    अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

    कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।

  • इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

    इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

    काठमाडौँ ।  जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

    डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

    ९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

    इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।

    यसअघि खेलको ७५औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले सुरुवाती गोल गरेका थिए । तर ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

  • टी–२० आईबाट विराट कोहलीको सन्न्यास

    टी–२० आईबाट विराट कोहलीको सन्न्यास

    काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन् । फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे । ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो,’ कोहलीले भने, ‘मैले मेरो काम पूरा गरेँ । अब, नयाँ पिँढीका लागि अवसर हो । केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन् ।’

    फाइनलमा गेम चेन्जर
    भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए । उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन् । प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थियो । यसअघि उनी समूह चरण, सुपर एट र सेमिफाइलनमा चल्न सकेका थिएनन् । निर्णायक फाइनल खेलमा भने कोहलीले सम्हालिएको प्रदर्शन गरे । फाइनलअघि उनले जम्मा ७५ रन बनाएका थिए ।

    सन् २०१० मा डेब्यु
    कोहलीले सन् २०१० मा हरारेमा भएको खेलमा जिम्बाव्वेविरुद्ध डेब्यु गरेका थिए । अन्तिम खेल भने दक्षिण अफ्रिकाविरुद्ध रह्यो । एक समय कप्तान समेत रहेका कोहलीले टी–२० आईमा भारतको लागि एक सय २५ खेल खेलेका छन् । जसमा चार हजार एक सय ८८ रन बनाएका हुन् । जसमा एक सतक र ३८ अर्धतक बनाएका हुन् ।

  • दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

    दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो ।

    यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ ।

    भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।

    उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन  । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

    त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए । ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए ।

    भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो ।

    यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

    भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

    त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

    आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

    दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुईरदुई विकेट लिए । ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एकरएक विकेट रह्यो ।

  • विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

    विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ।

    दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

    भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ।

    दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ।

    पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो।

    दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो।

    भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८:१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।

  • विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने

    विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने

    काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

    बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    यसअघि सन् २०१४ काे विश्वकपमा भारतले फाइनल खेलेकाे थियाे । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएकाे भारत याे पटक उपाधि चुम्ने दाउमा छ ।

    दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

    भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए ।

    त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए । अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए । मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए । जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए ।

    भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए ।

    यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।

    उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए ।

    यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

    इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए ।

    भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

  • अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ।

    टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।

    दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक नटआउट २९ रन बनाए। उनले २५ बलको सामना गरेर तीन चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान एडेन मार्करामले नटआउट २१ बलमा चार चौकाको मद्दतमा २३ रन जोडे। दक्षिण अफ्रिकाले क्विन्टन डी ककलाई ८ बलमा पाँच रन बनाउँदा गुमाएको थियो। अफगानिस्तानका लागि एक विकेट फजलहक फारुकीले लिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा समेट्न दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेन र तबरेज शम्सीले तीनतीन विकेट हात पारेका थिए भने कासिगो रबडा र एनरिच नोर्चिया दुईदुई विकेट लिएका थिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको थियो। इब्राहिम जाद्रानलाई दुई, गुलबदिन नायब ९, अजमातुल्लाह उमरजाई १० रनमा आउट गरेको दक्षिण अफ्रिकाले नङ्गेलिया खरोटेले दुई रनमा समेटेको थियो।

    अफगानिस्तानका कप्तान राशिद खानले ८ बलको सामना गरेर मात्र ८ रन बनाएका थिए। करिम जनातले १३ बलको सामना गरेर ८ रन जोड्दा नूर अहमद शून्यमै आउट भएका थिए भने नवीन उल हकले मात्र दुई रन बनाएका थिए।

    समूह चरण र सुपर ८ मा प्रभावशाली खेल प्रदर्शन गरेको अफगानिस्तान सेमिफाइनलबाट घर फर्किएको हो। दक्षिण अफ्रिकाले दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबिच बिहीबार (आज) राति प्रतिस्पर्धा हुँदैछ। दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ८:१५ बजे खेल सुरु हुनेछ।

  • बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।

    ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

    बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् ।

    अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए ।

    यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

    अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।

    बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

    यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर-८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।