Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • आज २५६८ औं बुद्धजयन्ती मनाइँदै

    आज २५६८ औं बुद्धजयन्ती मनाइँदै

    काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    अहिंसा नै शान्ति र मैत्रीको आधारशीला होु यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामनाका साथ मनाउने गरिएको छ ।

    बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
    यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ को विशेष समारोहका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सहित विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

    राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्केका थिए ।

  • उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

    उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

    सङ्खुवासभा ।  उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।

    कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो ।

    त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ ।

    उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन  द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ । उत्तरी क्षेत्रको किमाथाङ्का नाका यही जेठ १२ गतेदेखि खुल्न भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

    भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताउनुभयो । चीन सरकारले वुहानमा कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको किमाथाङ्का नाका खुलेको छैन । लामो समयदेखि बन्द रहेको किमाथाङ्का नाका जेठ १२ गते खुल्ने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले बताए । उनका अनुसार परराष्ट्र मन्त्रालयको पत्र गृह मन्त्रालयमार्फत किमाथाङ्का नाका खुल्ने जानकारी प्राप्त भएको पुष्टि गरे ।

    सरकारको पटक पटकको आग्रहपछि चीन सरकारको औपचारिक रुपमा नाका खुलाउन लागेको हो । किमाथाङ्का बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो ।

    भोटखोलाको किमाथाङ्का नाका सदरमुकाम खाँदबारीदेखि करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्का स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए ।

    करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

  • सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

    सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

    विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’

    आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’

    उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’

    कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन । त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो । चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन । त्यो सहकार्यको आवश्यकता थियो । त्यो हामीले पनि भन्यौँ । हामीले त्यो प्रयास गर्‍यौँ । कांग्रेसले त्यो बाटो नै छोड्यो ।’

    कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो । लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो । तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’

    ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको भन्दै रास्वपाका रवि लामिछानेको बचाऊ गरे ।

  • प्रधानमन्त्रीले पाए विश्वासको मत

    प्रधानमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

    मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

    सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

  • भारत लोकसभा पाँचौ चरणको चुनाव आज

    भारत लोकसभा पाँचौ चरणको चुनाव आज

    काठमाडौं  । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो।

    छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७३२ मतदान केन्द्र तोकिएको छ।

    पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५–५, झारखण्डका ३, जम्मु–कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो।

    पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

    यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ।

    अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि चार चरणको चुनाव सकिएको हो।

    छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।

    अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

    पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

  • दिनहुँ मेरालागि फूल ल्याउने विद्यार्थी

    दिनहुँ मेरालागि फूल ल्याउने विद्यार्थी

    स्थायी सेवाको पहिलो वर्ष : शैक्षिक सत्रको सुरुवात बैशाख १ गतेदेखि हुन्छ । मैले भदौ महिनाको १८ गते नियुक्ती लिएको हुँ। साढे चार महिना त सकिइसकेको थियो। भदौ १८ गते अध्यापरत विद्यालयका प्रिन्सिपलको अनुमति लिएर पाँचौ घण्टि पढाएपछि जि शि का भैरहवा पुगि नियुक्ति बुझि सोझै सिफारिस गरिएको बिद्यालय देवदह मा वि मा दिउसो ४:०० बजे भित्र पुगेको थिएँ। भोलिपल्ट भदौ १९ गते देखि यस बिद्यालयमा मेरो फरक शिक्षण अध्याय सुरु भयो। अध्यापन अनुभव लामो रहेता पनि अब नयाँ बिद्यालय, नयाँ बिद्यार्थी, नयाँ शिक्षक परिवार, बढो उत्सुकता थियो ममा।

    यसभन्दा अगाडि अध्यापन गरेको बिद्यालयमा अध्यापन अवधी भर सबैभन्दा कडा शिक्षकको रुपमा गनिएको थिएँ। मलाइ बिद्यार्थीका हरेक गतिबिधि चुस्त तन्दुरुस्त चाहिन्थ्यो। अनुशासन  पहिलो प्रथमिकता भित्र पर्थ्यो। अस्वभाविक गतिबिधि पाउने बित्तिकै स्पष्टिकरणको कठघरामा उभिनुपर्थ्यो। त्यसैले बिद्यार्थी र मेरो बिच दुरी कायम रहेको थियो। म मेरै छोराछोरीको पनि शिक्षक थिएँ। दुबैले बिद्यालय समय र बिद्यालयको कम्पाउण्ड भित्र छिरेपछि मलाइ म्याम नै भनेर बोलाउथे। त्यो पनि समय र स्थान अनुसार आफुलाइ परिवर्तन गर्न सक्नुपर्छ भन्ने सिकाइ थियो।

    नयाँ विद्यालयमा पनि त्यही स्वभावलाइ निरन्तरता दिन थालेँ। सुरुसुरुमा  बिद्यार्थीहरुले -” नयाँ मिस कक्षामा हामीलाइ पढाउदा धेरै अंग्रेजी बोल्नुहुन्छ। हामीले बुझ्दैनौ” भनेर हेडसरलाइ सिकायत गर्न पुगेछन्। हेडसरले उक्त सिकायतको मलाइ जानकारी दिनुभयो। त्यसपछि म उनीहरुकै चाहाना अनुसार आफुलाइ परिवर्तन गरेँ। यति छिटै उनिहरुको माया पाएँ। त्यो अकल्पनिय छ। सुरुमा मलाइ कक्षा ५ को कक्षा शिक्षकको जिम्मेवारी दिइएको थियो।

    विद्यार्थीहरुले दिनहुँ मेरालागि फूल ल्याउने र बिहान म भन्दा अगाडि स्कुल पुगेर मेरो प्रतिक्षा गर्ने गर्थे। सुरुमा मिसलाइ कसले फुल दिने भन्ने प्रतिष्पर्धा गर्थे। म त त्यो सम्मान र मायाले गदगद हुन्थेँ। उनीहरुले दिएको फुल मेरा हातमा पनि अटाउदैथ्यो। सबै ल्याएर स्टाफ रुमको टेवलमा राख्ने गर्थेँ। दिन, हप्ता र महिना बिते बिद्यार्थीले फूल दिने कार्य निरन्तर रह्यो। एकदिन बिद्यालयमा मेरो अनुपस्थिति मा केहि शिक्षक स्टाफबीचमा यहि फूलको बिषयमा टिकाटिप्पणी भएछ। प्रअ लाइ पनि यो क्रियाकलाप रोक्नुपर्ने सल्लाह भएछ। बिद्यार्थीहरुले घरबाट बिदालय आउदा बाटो बाटोमा अरुका घरका अगाडी लगाएको फूल चोरेर ल्याउछन् र नयाँ मिसलाइ दिन्छन्। मिसले नल्याउ भन्नुपर्ने हो। गाउँका मान्छेहरु रिसाएका छन बिद्यार्थीले फूल चोरे भनेर भन्ने कुरा मैले पनि सुने। अरु शिक्षकहरुले पनि बिद्यार्थीलाइ हप्काउनु भएछ र मलाइ पनि त्यो कृयाकलाप रोकिहाल्नुस् मिस, भन्ने आदेश आयो। कुरा ठिकै पनि भन्ने लागेर मैले बिद्यार्थीहरुलाइ राम्रोसंग सम्झाएँ- भोलिदेखि कसैले पनि मेरालागि फूल टिपेर नल्याउ फूल चोर्नु पनि पाप हो, नराम्रो काम हो। तिमीहरुले अहिलेसम्म गाउबाट फूल चोरेर ल्याउने रहेछौ। मलाइ धेरै दुख लागेको छ। सबैजना बिद्यार्थीहरुले सबैले आआफ्नो घरबाट फूल ल्याएको कुरा ब्यक्त गरे। उनीहरुको कुरा सुन्दा चोरेर फूल ल्याउछन् भन्ने लाग्दैनथ्यो। अनि मैले भने -” सुन ! अब जे भयो भयो। तर अबदेखि कसैले पनि कतैबाट पनि फूल टिपेर स्कुल नल्याउने। मलाइ पनि नदिने है? यति ल्यायौ भने म तिमीहरुसग रिसाउछु। मेरो कुरा सुनेपछि सबै बिद्यार्थी मौन भए।

    भोलिबाट कसैले फूल ल्याएन। फूलको बहानामा बिद्यार्थीहर मेरो नजिक आउथे मनका कुरा गर्थे। त्यो सबै सकियो। अब पढ्ने पढाउने सामन्य दिन सुरु हुन थाल्यो। केहि दिन बिते पाँचौ दिनको दिन म कक्षामा पसेर हाजिरी पुस्तिकामा सबै बिद्यार्थीको हाजिर चढाइसकेपछि बिद्यार्थीहरुलाइ किताव निकल्न लगाएँ। सबैले किताव निकाले आ आफ्नो अगाडिको डेस्कमा राखे। एउटी बिद्यार्थीको झोलाबाट किताव संगसगै एउटा गुलाफको फूल पनि निस्क्यो र भुइमा झर्यो।सबैले उनलाइ हेरे। उनि निकै डराइन्। म नजिक गएँ र सोधेँ। तिमीले किन फूल ल्याएको? नल्याउ भनेको होइन?” अरु केके छ नि झोलामा खै हेरुँ त भनेर उनको झोला हेरे । त्यहा अरु फूल पनि रहेछन। केहि सुकेका,केहि सुक्न लागेका , र एउटा चै ताजा जुन भुइमा खसेको थियो। उनले ती सबै फूल बाहिर निकालिन् र भनिन् – हजुरले फूल दियौ भने रिसाउछु भन्नुभयो त्यसैले मैले दिनदिनै ल्याएको थिएँ तर हजुर रिसाउनुहुन्छ भनेर झोलामा राखेको मिस। अनि मैले सोधेँ- कहाबाट टिपेर ल्याउथ्यौ त? चोरेरत होइन नि? उनले जबाफ दिइन् -” होइन मिस। हाम्रो घरमा दिनहुँ पुजाको फुल टिप्ने र पुजा गर्ने काम मेरो हुन्छ। त्यही पुजाको फूल मध्य एउटा फूल तपाइको लागि भनेर दिनहुँ झोलामा राख्छु। नरिसाउनुस है मिस ,प्लिज।” यति सुनेपछि मेरो मन  भरियो। उनलाइ केहिछिन अंगालेर छातिमा टाँसे । कतिबेला आँसु खस्यो थाहै पाइन।

  • मेरो थर अब फेरिदिनुस मिस, मलाइ छात्रवृत्तिको जरुरत छ

    मेरो थर अब फेरिदिनुस मिस, मलाइ छात्रवृत्तिको जरुरत छ

    बिद्यार्थी र शिक्षकको नाता बाउ आमा र सन्तानको जस्तै हुनुपर्छ,हुन्छ । सानो कक्षामा पढ्ने बालबालिकाले कतिकति बेला झुक्केर ममि/आमा भन्ने सम्बोधन गरि आफ्नो साथीको सिकायत गर्छन। अनि पछि लजाउँछन्। कहिलेकाँही ठुला कक्षाका बिद्यार्थीसंग नजिकिएर अन्य सन्दर्भमा (अध्यापन बिषयबस्तु बाहेक) कुराकानी, रमाइलो गरिरहेको बेला उनीहरु पनि झुक्किन्न् । यो नाता यति निकट छ कि बाउ आमा भन्दा पनि  कार्यगत र गतिशिल समय शिक्षकसंगै बिताउँछन् उनीहरुले।

    शिक्षकसंग फरक फरक बिद्यार्थीहरुको मनोबैज्ञानिक स्थितिको ज्ञान हुन्छ। हरेक बिद्यार्थी मनोविज्ञान बुझेर शिक्षण गर्ने शिक्षक सफल हुन्छ।यसोगर्दा निर्धारित शैक्षिक उपलब्धि हासिल गर्न सहज पनि हुन्छ। सामुदायिक बिद्यालयमा आर्थीक रुपले विपन्न तथा अति विपन्न विद्यार्थीहरु अध्ययन गर्न आउछन्। आफुले नपढेका कारण वर्तमानमा पाएको दुख सम्झि, भविष्यमा आफ्ना सन्तानले आफुले जस्तो दुख , कष्ट भोग्न नपरोस् भनि आफ्ना सन्तानलाइ बिद्यालय पठाएका हुन्छन्। बिद्यालय त पठाउछन् तर बिद्यार्थी बनाउदा चाहिने पर्याप्त सामाग्री अथवा तिनका न्युनतम आवस्यकता पुर्याउन पनि हम्मे हम्मे हुन्छ । कहिलेकाँही बिद्यालयमा कक्षागत अभिभावक भेला राख्दा अभिभावकको रोदन मिसिएको अभिव्यक्ति र आँखामा टिल्पिलाएको आँसुले शिक्षकको गला पनि अवरुध्द बनाउछ। थुप्रै अभाव र गरिबीले थलिएको परिवारको पिडा असहा हुन्छ।

    म कक्षा ७ को कक्षा शिक्षक थिएँ। कक्षा शिक्षक भएको र पहिलो पिरियड भएको हुनाले मैले हरेक बिद्यार्थीको विवरण राख्नुपर्ने हुन्छ। उपस्थिति र अनुपस्थिति को अभिलेख राख्नु पर्ने हुन्छ। अनुपस्थित बिद्यार्थीको कारण खोज्नुपर्ने हुन्छ। एक दिन बिद्यालय प्रशासनको निर्देशनमा दलित छात्र छात्रा, र गैर दलित छात्रालाइ छात्रवृत्ति  भोलि मिति ……मा वितरण गर्ने सन्दर्भमा सुचना दिनुपर्ने भयो। त्यसै अनुसार मेरा कक्षाका बिद्यार्थीहरुलाइ अभिभावक सहित विद्यालयमा आउने भनि सुचना सुनाएँ।

     भोलिपल्ट छात्रवृत्ति वितरणका लागि अभिभावक र सबै बिद्यार्थीहरुलाइ एक ठाउँमा राखि वितरण गर्न लागेको छात्रवृत्तिको बारेमा अभिभावकलाइ बुझाउदै पालैपालो नाम बोलाएर छात्रवृत्ति रकम खाम बन्दि गरी प्रत्येकको हातमा राखिदिँए।अभिभावकको उपस्थिति कम थियो। अभिभावक नआए पनि बिद्यार्थीले पाउने रकम उनिहरुकै जिम्मा लगाएँ। लगभग सबै बाडेर सकियो। पालैपालो सबै कोठाबाट बाहिर निस्के । तर एउटा बिद्यार्थी अन्तिम बेन्चमा निरास मुद्रामा बसेको बसेको थियो। मै के भयो ? साथीहरु त गैसके ।तिमी किन यहाँ बसिरहेका छौ? उसले मलिन आवाजमा भन्यो- मिस मेरो नामको पछाडीको थर परिवर्तन गरेर ‘ नेपाली’ राखिदिनुस न है ? अनि मैले सोधेँ- ” किन बाबु,आफ्नो थर त बदल्न सकिदैन।बाउ बाजेको जेरहनछ ,हामी सबैको त्यहि रहन्छ।” उसले फेरी भन्यो त्यस्तो होइन मिस आखिर म पनि नेपाली नै त हुँ। मेरो घरमा पनि मुस्किलले एकछाक भात पाक्छ। मेरो चप्पल पनि त फाटेको छ, हजुरले जुत्ता लगाएर आउ भन्नु हुन्छ। कस्ले किनिदिन्छ मलाइ जुत्ता?।”

    त्यसैले मेरो थर अब फेरिदिनुस मिस, मलाइ पनि त्यो छात्रवृत्तिको जरुरत छ। म भावुक, नतमस्तक भएँ। आँखा रसाए। कतिबेला आँसु टपक्क खस्यो थाहै पाइन ।

    (more…)

  • पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो ।

    कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए ।

    म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए । थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ ।

    “सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ”, प्रमुख इन्जिनियर यादवले भने, “त्यसैले पाँच महिनाको समय थप गरेका हौँ ।” जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब सात सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ ।

    विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो । सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादि नदीको पुलबाहेक रु ६ अर्ब २१ करोडमा ठेक्का पाएको हो । मादी नदीमा तीन सय १५ मिटर लम्बाइको पुल निर्माण गर्न रु एक अर्ब २१ करोड लागतमा छुट्टै ठेक्का लगाइएको छ । यस खण्डमा भत्काउनुपर्ने पाँच सय पाँच घरमध्ये अधिकांश भत्काइ सकिएको आयोजनाले जनाएको छ ।

    पश्चिम खण्डअन्तर्गत पोखरा र दुलेगौँडासहित मुख्य बजार क्षेत्रमा करिब २० किलोमिटर खण्डमा ६ लेन रहने गरी ४६ मिटर फराकिलो, जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडकखण्ड २३ मिटर फराकिलो कायम रहने गरी कालोपत्र गरिने पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा निर्माण गर्न २०७८ जेठमा पश्चिम खण्डको ठेक्का सम्झौता चिनियाँ ठेकेदार कम्पनी एनहुइ केयुनन हाइवे एण्ड ब्रिजसँग भएको हो ।

    एसियाली विकास बैंक (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा मुग्लिन पोखरा सडक विस्तार गरिएको हो । अधिकांश क्षेत्रमा सडक दुईतर्फी २५ मिटरको हुनेछ ।

    बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ भने तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटर फराकिलो हुनेछ । अति जनघनत्व रहेका क्षेत्र दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

  • न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

    न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

    काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको पुनः संरचना, संविधानको कार्यान्वयनमा सरकार क्रियाशील रहँदै आएको स्पष्ट पारे ।  “न्यायपालिकाको पुनः संरचना र संविधान कार्यान्वयनमा सरकार निरन्तर क्रियाशील छ,” प्रधानमन्त्री प्रचण्डले भने, “न्यायपालिकाको सुदृढीकरण र बार एशोसियसनलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध भएर लाग्नेछ ।”

    लोतकन्त्र र कानुनको शासन सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाले कानुनी  शासनको रक्षा गर्नुपर्ने बताए ।

    नेपालको लोकतन्त्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा महत्त्वका साथ हेरिँदै आएको उल्लेख गर्र्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा शान्ति र लोकतन्त्र स्थापनाका निम्ति नेपाल बार एशोसियसनले खेलेको भूमिका स्मरणीय रहेको बताए । संविधानवादको रक्षा र यसको सुदृढीकरणका निम्ति बारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानको मूलभूत मर्म र मान्यताको रक्षाका निम्ति बारले महत्त्वपूर्ण भूमिका खेको छ ।”

    संविधानवाद, लोकतन्त्र र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभिने बारेको साहस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम र उत्तरदायी न्यायपालिका विधिको शासन, लोकतन्त्र, मानवअधिकार प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणका लागि नेपाल बारले खेलेको भूमिका महत्त्वपूण रहेको बताए ।

     

  • धरौटीमा छुटे गायक रवि ओड

    धरौटीमा छुटे गायक रवि ओड

    कैलाली । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत कञ्चनपुरले आज उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।