Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • ओलीमाथि खनिए प्रचण्ड : संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

    ओलीमाथि खनिए प्रचण्ड : संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।

    अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए ।  उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’

  • चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

    चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

     

  • क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

    अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

    कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।

  • प्रधानमन्त्रीले सत्ताको खेल बुझ्नुभएन : चित्रबहादुर केसी

    प्रधानमन्त्रीले सत्ताको खेल बुझ्नुभएन : चित्रबहादुर केसी

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।

    एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए ।

    अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।

  • फर्केर आमालाई सम्झदा

    फर्केर आमालाई सम्झदा

    सानो कुरामा पनि बिचलित हुँदा होस
    जिन्दगी देखि हारेको महसुस गर्दा होस
    कहिलेकहीँ, म मेरी आमालाई सम्झन्छु
    जस्तो परिस्थितिमा पनि, जस्तो समयमा पनि
    संघर्ष गरेर अघि बढेको देख्छु
    अनि आमाको अघि मैले देखेको, भोगेको साना कहिलेकहीँको पीडा त केही पनि रहेनछ भन्ने लाग्छ ।

    आमाले मलाई दुखमा हुर्काएकी हुन
    तर मलाई दुखमा कहिल्यै राखिनन्
    मेरी आमा आफू दुखमा हुर्किएकी हुन
    तर मलाई सुखको कमी कहिल्यै हुन दिइनन्

    जन्मिएकी हुन मेरी आमा अभावमा
    हुर्किएकी हुन मेरी आमा अभावमा
    देखेकी छिन मेरी आमाले अभावै अभावको पहाड
    तर मलाई अभाव हुन दिइनन् केही कुराको पनि।

    यो ठुलो संसारलाई कमै देखेकी छिन
    एउटै कुनामा मात्र सिमित भैन धेरै समय
    तर मलाई सारा संसार देखेको डुलेको हेर्न चहान्छिन ।
    आमा तिम्रो छत्र छाँया भन्दा परको संसार
    तिमीले सुने जस्तो छैन रहेछ नि
    अहिले तिमीबाट सात समुन्द्र पारी रहँदा महसुस गरेको छु ।

    समय परिस्थिति त्यही अनुसार नभैदिँदा खासै पढलेख गर्न त पाइनन मेरी आमाले
    त्यसैले पनि उनी चहान्थिन आफ्नो सन्तानलाई पढाउन आफूले नदेखेको कुरा मलाई देखाउन
    आफूले नजानेको कुरा मलाई जान्ने बनाउन

    खै आमाको यो प्रयासबाट कति पढें कति बुझेँ कति जाने त थाहा छैन तर यति चाहि बुझ्ने भएको छु आमालाई खुशी देख्दा मात्र मेरो मन खुशी हुने रहेछ मन म खुशी हुने रहेछु ।

    अबको जिन्दगी मैले आमाको लागि केही गर्नको लगि आमाका सिमीत रहरहरुमा रंग भर्नको लागि संघर्षले थाकेकी छिन मेरी आमा आमालाई आराम दिएर आफू संघर्ष गर्नको लागि । आमाको खुशीको लागि ।
    – अनिता रेग्मी

  • नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

    नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

    नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए ।

    ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।

    ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।

    समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’

    निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।

  • किसानलाई हल गोरु वितरण

    किसानलाई हल गोरु वितरण

    भोजपुर ।  भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।

    पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ  ।

    “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”

    किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरूलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताए ।

    “पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भने, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उनको भनाइ छ ।

    किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लास्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

    “गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भने, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।”  किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उनको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

  • सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

    सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

    धरान ।  सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ ।

    सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।

    सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।

    पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

  • जिन्दगीका रंगहरु

    जिन्दगीका रंगहरु

    निष्फिक्री फुलका डालीमा रमाउदै दुल्ने रङ्ग‌गिन पूतली थिए म त्यो पुतली जो हरेक फुलका पत्रहरूमा आफुलाई डरका कुनैपनि लक्ष्मणरेखामा नबाधी आजाद छोडिदिन्थी ,
    उसलाई कुनै पानीका फोकाहरुले दुखाउदैनथ्यो
    उसलाई कुनै घामका किरणले सताउदैनथ्यो
    उसलाई कुनै मुस्कानले पोल्दैनथ्यो
    न त उसलाई कुनै सम्बोधनले बिझाउथ्यो

    तर जिन्दगीमा कुनै बहाव आउछ
    जसले अनायासै परिवर्तन ल्याउछ
    मलाई अचेल अतितले खुब सताउछ
    जब त्यो कालो दिन मेरो स्मरणमा आउछ

    दैनिकी नै त हो मेरो उड़ने त्यस दिन पनि उडिरहेकी थिए
    सपना बिपनाका अनेक तरङ्‌ग चुमिरहेकी थिए
    हो ! अनायसै थियो त्यो बहाव जसले जीवन बद‌लीदियो
    रसनै निमोठिने गरी जीवन कसैले निचोरीदियो

    थोरै सुइको पाएको भए बच्ने थिए
    ति पापीको फन्दामा कहा म फस्ने थिए
    तर हुरीले विनाश बोकेर आउछ थाहै नदिइ
    मेरो पनि जीवनमा आएको त्यस हुरीले सर्वनास ल्याएको छ सम्झन त चाहन्न तर बिर्सन पनि त सहज छैन

    त्यस दिन भन्दा पहिले मलाई हातहरू प्रिय लाग्थ्यो,
    स्पर्शहरु प्रिय लाग्थ्यो,

    प्रेमको प्रतिक हो भन्ने आभाष जाग्थ्यो
    तर प्रेमको पनि प्रकार हुदो रहेछ
    विभिन्न रूप हुदो रहेछ,
    त्यसैले त्यसदिनको स्पर्श बढो भिन्न भयो
    किन किन त्यसप्रश्चात पूर्ण जीवन खिन्न भयो
    उत्साह हिम्न मिन्न भयो
    हो त्यही दिनदेखि स्पर्शको आभाष भिन्न भयो।

    त्यस दिनदेखि त्यो पुतलीको पखेटा च्यातियो
    पाईला बाधिन थाल्यो
    मनमा अनेकौ तर्क उपतर्क खादिन थाल्यो
    धामको किरणले सताउन थाल्यो
    पानीको फोकाले दुखाउन थाल्यो

    हिजो आज
    मुस्कानले पोल्छ सम्बन्धले बिझाउछ
    उम्किन नसक्ने रहेछ मन यस्ता रङ्गहरुबाट
    तर्सिरहन्छ मन यस्तो उमङ्ग‌हरुबाट
    कास ति दिन म बिर्सन सकु
    फेरि उही उचाइ‌मा पुनः उड्‌न सकु

    अफसोस
    अब विश्वास गर्न लायक कोही भेट्दिन म
    झस्किन्छु, तर्सिन्छु
    नजिक कसको जानु? कोही आफ्नो लाग्दैन
    किनकी आफ्नैबाट म लक्षित भएकी छु
    आफ्नाकै कारण हरेक रङ्‌बाट त्रसित भएकी छु।

  • रुदै छ देश

    रुदै छ देश

    खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्।

    उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए ।

    खोला नालाको छेउछाउमा फोहोर अनि मैला छ, त्यसमाथि चारैतिरबाट गनाउने पानी मिसिएको छ।

    देशका युवा पुस्ता सबै रित्तिएर विदेशमै सेटल हुने रे, गाउँघरमा सुनसान छाउँदै छ, घरमा बूढापाका मात्र बाँकी हुन्छन् क्य अबत । मर्दा पनि ग्वार पाउनी गाह्रो हुने भो, अरु कुरा छोडौं, मलामी पनि नपाई अब लास यत्तिकै गनाउने भो।

    खै कस्तो विकृती भित्रियो, हेर्दा हेर्दै पुरै देश रित्तियो।

    देशलाई रित्तो बनाउने खै कस्तो नेता हो, मनमा लागेको जति भाषण भन्छन् अनि काम गर्ने बेला लोन कति सासन हो ।

    खै कहिले बन्ने हो पूर्व पश्चिम राजमार्ग, भत्काउन थालेको नि भयो धेरै वर्ष । जताततै खाल्टो अनि धुलो छ, यसैले गर्दा कतिले ज्यान गुमाउन पर्य छ।

    आकाशमा उडेर जानेलाई त के मतलब भयो र, भुईमा गुड्नेलाई पो सकस खेप्नु पर्‍य छ ।

    नेपालमा केही आउन हुन्न, भोकमरी र महंगीले आकाश छुन्छ, भएन भनेर मन्दीको कारणले पसलहरू सबै डामाडोल छ ।

    कुर्सीमा बसी एसीको हावा खानेलाई के बाल भयो, छोरा पढाउँछु भन्दै लिएको बैंकको ऋण तिर्दा तिर्दा मेरो आधी जिन्दगी जानि भो । न त देशमा केही रोजगार नै छ, न त कुनै पैसाको स्रोत नै छ, तब पनि किन ब्याज यति महँगो हो ?

    छोरीको विवाह गर्ने बेला भयो, सुनको औंठी माग्छन् सम्धिले, खै कसरी दिने हो। ज्वाइँलाई १ औंठी, सम्धिनीलाई माईली तिल्लरी अनि सम्धिलाई औंठी किन्दा नै मेरो आधा घर लिलाम भो । सुनको भाउ पनि के सारो बढेको ?

    खै मेरो देश नि कहिले बन्ने हो, चिल्लो बाटो अनि रोजगारको स्रोत खुल्ने हो?

    रोजगारको कोटा नखुलेको होइन, फारम भर्नै ५००/१००० तिर्नु पर्ने, त्यसमा पनि आफ्नै मान्छे लैजाने हो।

    केही गरौँ भने नि छैन यहाँ सुविधा, राम्रो गर्‍यो नि आफैले भोग्नु पर्ने हो दुर्व्यवस्था। खै कस्तो कानुन हो हाम्रो देशको, दोषी हिँड्छन् सडकमा निर्दोषी पर्छन् खोरमा। खै त सरकार, तिम्ले केही गरेको खाडीमा फसेका नेपालीलाई नेपाल फर्काउने कहिले हो? मलाई आश्चर्य लाग्छ, लेखेका कानुनहरू सुन्दा नि, देशमा बढेको अपराध देख्दा नि किन शान्त छन् ती नेता भनाउँदाहरू पनि ?

    जति जोगी आए पनि कानै चिरेको भन्ने उखान बल्ल मिल्यो, खै हाम्रो देशले योग्य नेता कहिले पाउने हो? रातदिन रुवाबासी छ जनता अनि देशमा, उता नेताहरू व्यस्त छन् विदेशको भ्रमणमा। विदेशबाट कोही आउनु पर्छ, राता रात देशको मुहार फेरिन्छ, महिनौंसम्म पनि नबनेका पुलमा बत्ती बालिन्छ, होइन, यस्तो तीव्रता विकासमा पनि लिने हो भने देशको रुप नि छिटै फेरीने थियो कि ।

    तिमी हिँड्ने प्लेनमा हामी हिँड्छौं खाल्टोमा, त्यही खाल्टोमा तिमीलाई लिइपार्नु मन छ २४ घण्टे जाममा अनि बल्ल चिसो पस्तो कि तिम्रो मनमा ।

    खै कस्तो विकृती भित्रियो मेरो देशमा, छोटो लुगा लगाएर जान्छन् मन्दिरमा, पर्वको नाममा महिनौंसम्म रमाउँछन्, पाटी पालेस अनि बारमा। मिठो हुन्थ्यो मकै अनि मोहि, अब त कहाँ पाइएला र खै। भजन कीर्तन गाउनुको सट्टा पब तिर पस्ने, छैलाको सित्तन सँग बियरको बोतल लिने। हे भगवान, के विकृती आयो, हुँदा हुँदा देश नै डुबायो। वैवाही सम्बन्ध नि टुट्न थाले, श्रीमान श्रीमती भिन्न भिन्नै सँग रमाउन लागे। बिचरा कलियुगका बच्चाले कति दुःख पाए, कतै वेवारिस अवस्थामा छन् त कतै बा आमाको घर झगडाले टाढिन लागे ।

    खै कस्तो चलन भित्रियो भन्दै रुँदै छिन् मेरी नेपाल आमा। लौन सबै मिली जोगाउन पर्यो के गर्ने होला ।

    – ईरा आर्याल