नेप्लिज लायन्स क्लब बेलायतको अध्यक्षमा पौडेल

शशांक शर्मा, बेलायत। बेलायतको ऊल्भरहाम्टनमा पहिलो नेप्लिज लायन्स क्लब गठन भएको छ ।

बेलायत ऊल्भरहाम्टन स्थित माउन्ट गोर्खा रेष्टुरेन्टमा भएको चार्टर सेलिब्रेसन दीपक पौडेल सर्वसम्मत प्रेसिडेन्ट बनेका छन् ।

समितिमा रोशन सुन्दास सचिव र इन्द्रलाल पाठक कोषाध्यक्ष रहेका छन भने दिप्ती भण्डारी, रजत भण्डारी, आरजु भट्टराई, सचेत भट्टराई, कर्ण विश्वकर्मा, अनमोल बोहरा, रजनी दर्जी, सोनी घले, हरि कार्की, विष्णु लामिछाने, सफल न्यौपाने, कृष्ण सापकोटा, दीपक सुवेदी, धिरेन थापा, शिशिर उप्रेती, रबिना वाग्ले, रेजिना वाग्ले गरि बिस सदस्य कार्यसमिति गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर डेभिड म्याकार्थिले लायन्स क्लबका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा.प्याटि हिलले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए भने पूर्व डिस्ट्रिक्ट गभर्नर रबिन्द्र सन्धुले चार्टर ब्याच तथा प्रमाणपत्र बितरण गरेका थीए ।

कार्यक्रममा ऊल्भरहाम्टन स्थित हाम्रो नेपाली समाजका अध्यक्ष भीम शर्मा लगायत पूर्व अध्यक्षहरु गङ्गा गौतम, कृष्ण प्रसाद शर्मा, गोमा पौडेल, शिब खरेल को उपस्थित रहेको थियो। नबनियुक्त प्रेसिडेन्ट दिपक पौडेलले आफुले बिभीन्न संघ संस्था मार्फत समाजसेवा गरिसकेको र अब लायन्स क्लवको माध्यमले समाजसेवा लाई निरन्तरता दिने बताए। आफुले चितवनको चेपांग बस्तीमा चेपांगहरुको जिवन सुधार्ने केही काम गर्ने इच्छा रहेको र अब त्यसैलाई लंक्ष्य बनाई नबगठित लायन्स क्लवले काम गर्ने जानकारी गराए ।

सन १९१७ मा अमरिकामा गठन भएको लायन्स क्लवले नेपालमा सामाजिक कामहरु गरिरहेको छ । लायन्स क्लवले यसै बर्ष अष्ट्रेलियामा अन्तराष्ट्रिय सम्मेलन गर्देछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *