खोज प्रेसको सुरुवात

प्रवासी नेपालीहरूका चासो र सरोकारका विषयलाई समेट्दै खोज प्रेस मिडिया सञ्चालनमा आएको छ । क्रमशः छापा पत्रकारिता, रेडियो र टेलिभिजनको दबदबा पछि सुरु भएको डिजिटल मिडिया युगमा अनलाइनको पहुँच र प्रभाव विस्तार भइरहेको छ ।

प्रवासी नेपाली पत्रकारितामा व्यावसायिक जगमा उभिएर निरन्तरता दिन धेरै खालका चुनौतीको सामना गर्नु पर्छ । पत्रकारिताको आधारभूत मूल्यमान्यताको पालना गर्दै प्रवासमा बचेको समय सदुपयोग गर्ने ध्येयका साथ खोज प्रेसले आफ्नो जिम्मेवारी पुर्ण रुपमा पूरा गर्नेछ ।  प्रवासी नेपालीहरूका सामूहिक चासो र सरोकारमा जोडिएर वाचडगको रूपमा सहयात्रीको भूमिकामा रहने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ । सन्चारकर्ममा रुचि भएका र नेपालमा व्यावसायिक पत्रकारिता गरेर आएका पत्रकार साथीहरू मिलेर खोज प्रेसको सुरुवात गरिएको छ ।

समाज र पत्रकारिता एक अर्काका अभिन्न अङ्ग हुन् । प्रवासमा समुदायका राम्रा काममा हाम्रा कलम सहयोगी बन्ने छन् भने नराम्रा कर्महरूको चिरफार गर्ने छौँ । प्रवासी नेपालीसमुदायका साथमा हाम्रो मूल नेपालमा समेत योगदान पुग्न सकोस् भन्ने भावना राखिएको छ ।  हाम्रो व्यावसायिक पत्रकारिता गर्ने अभियानमा यहाँहरू सबैको साथ रहने विश्वास लिएका छौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *