Category: फ्रन्ट पेज

फ्रन्ट पेज

  • नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

    नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

    “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

    दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।

    “जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३,  विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उनले भने।

    कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उनले भने, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

    “चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उनले भने, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।”

  • रात्री बसमा गासिएको माया

    रात्री बसमा गासिएको माया

    बेलुकि को ठिक ७:०० बजे काठमाडौं जानी रात्री बसको पर्खाइमा म खैरेनी बाटोपारी पर्खीरहेको थिए । करिब १५ मिनेटको अन्तरालमा बसले हरन बजाउदै आयो र मेरो नजिकै रोकियो । खलासीले काठमाडौं जानी हो ? भनेर सोध्यो, मैले पनि अँ हो सिट छ कि छैन भनेर सोधे, छिटो जानुस एउटा मात्र सिट छ खलासीले भन्यो ! र म बस भित्र पसे, सेकेन्ड लास्टमा एउटा मात्र सिट रहेछ । झ्याल तिर मन्टाे फर्काएर एउटी युवती खैरेनीको रमाइलो दृश्यहरु हेरिरहेकोे थिइन त्यतिकैमा मैले भने, के म यहाँ बस्न सक्छु होला ? मैले बिन्म्र आग्रह गरे । उनले मेरो आग्रहलाई नकार्न सकिनन् र बस्नुस न भनिन र म त्यहाँ बसे अनि त्यतिकैमा गाडीले आफ्नो गति लियो । गन्तव्य निकै टाढा थियो, बाटो त्यस्तै नाजुक थियो जे गर्छन् उनै श्री पशुपतिनाथले रक्ष गर्छन् अनि त्यतिकैमा म उनीतिर फर्केएर मैले भने; हाम्रो यात्रा निकै नै टाढा छ, यसरी एक ले अर्कालाई नचिने झै गरे झन टाढा झैँ लाग्छ त्यसैले हजुरको परिचय पाउन भनेर कुरो मैले नै अगाडि बढाए अनि उनले आफ्नो परिचय दिन थालीन: मेरो नाम पुजा सापकोटा घर चाहिँ तानसेन पाल्पा, अहिले दाईभाउजुलाई भेट्न हिडेकि अनि उनले भनीन हजुरको पनि परिचय पाउन त ! अनि मैले पनि मेरो परिचय दिए अनि मैले सोधे : पढाईलाई कतिमा पुर्याउनु भो त नि अनि उनले भनीन इन्टर दोस्रो वर्षको परिक्षा दिएको नतिजाको प्रतीक्षामा छु अनि उनले मेरो पढाईको बारेमा पनि सोधिन मैले पनि उनलाई स्नातक दोस्रो वर्षमा पढ्दै छु भने अनि उनले भनीन त्यसो भए हजुर पनि दाजुलाई भेट्न हिड्नु भएको अँ त्यसै भन्नु पर्यो मैले भने । मेरो उमेर भन्दा उनको उमेर सानै रैछ अनि मैले उनलाई तिमी भनेर सम्बोधन गर्न थाले । एकछिन सम्म हाम्रो कुरा भयो । कुराकानी हुदा हुँदै गर्दा मैले उनलाई सोधे: तिम्रो काठमाडौंमा बसाई कति हुन्छ त नि ? उनले भनीन त्यस्तै १५/२० दिन जति बस्नु पर्ला अनि उनले पनि मलाई हजुर कति समय बस्नुहुन्छ भनेर सोधिन अनि मैले पनि त्यस्तै १५/२० दिन को जबाफ दिए । पुजा, त्यसो भए हामी सङै फर्कौ न त हुदैन ? उनले मुस्कुराउदै हुन्छ भन्ने जबाफ दिइन । त्यसो भए तिम्रो फोन नम्बर देउन त ! उनलेे लजाउदै भनीन किन चाहियो र मेरो नम्बर अनि मैले जिस्काउदै गरि भने तिमीलाई बेला,बखतमा सम्झिनको लागि । र उनी यो कुरा सुन्न सात मुर्छा परेर हास्न थलिन अनि म पनि केहि नबुझी उनलाई नै हेरेर हास्न थाले । केहि समयमा हामीले एक अर्काको नम्बर साटा साट गर्यो र त्यस् बिचमा हामी दुई एक आपसमा धेरै नै झ्याम्मी सकेका थियौ । गाडी आफ्नै गतिमा थियो । रातीको ठिक १२:०० बजेको रहेछ । पुजा निन्द्राले झुपुझुपु हुन थालिन र मेरै शरीरमा आड लिएर लुपुक्क निदाइन । मलाई त्यति निन्द्रा लागेको थिएन बस भित्र एउटा गित बजिरहेको थियो र म भने त्यस्कै तालमा झुमीरहेको थिए ।

    बिहानी को ५ बजेतिर गाडीले काठमाडौं बसपार्क ल्याइपुर्याएछ । सबै बस बाट उत्रिसके तर पुजा भने मेरै पाखुरामा निदाइरहेको थिइन्।
    मैले उनलाई पुजा भन्दै बोलाए अनि उनलाई निन्द्राले छोडीहालेछ । उनले भनीन हजुरले मलाई बोलाउनु भएको ? मैले भने काठमाडौं आइपुग्यो झर्ने होइन भनेर बोलाएको अनि उनी मुस्कुराउदै झरीन र फोन गरेर आफ्नो दाजु भाउजूलाई लिन बोलाइन । मैले पनि दाजुलाई फोन गरेर बस स्टेसनमा बोलाए । उनको दाजुभाउजू अनि मेरो दाजु सबै जम्मा भयौ र सबैको चिनजानि भयो । अनि केहि समय पछि हामी त्यहाँबाट छुट्टीयौ । छुट्टीएको दिन पछि मलाई उनको त्यो बोली, त्यो मुसुक्क मुस्कुराउने बानी साची नै लोभ लाग्दो लाग्न थाल्यो र यो मुटुलाई पनि उनी उनको आभास बिना जिबन काट्न पनि मुस्किल हुन थाल्यो । यो आखाले देखेको त्यो सुन्दर पलहरु एकछिन नदेख्दा कल्पना झै लाग्न थाल्यो ।

    दुई दिनको बिछोड पछि मेरो फोनमाबाट अपरिचित कुनै नम्बरबाट कल आयो । फोनमा घण्टी बजिरहयो तर उठाउने हिम्मत भएन किनकी मेरो छेउमा मेरो दाइ हुनुहुन्थ्यो । केहि समय पछी सुटुक्क दाइलाई थाहा नदि घरको छ्तमा बोल्न गए तर दुर्भाग्य त्यतिकैमा फोन काटियो । धेरै समयको प्रतीक्षा पछि फेरि फोन आयो अनि सानो आबाज गरेर बोल्न खोजे र एकछिन सम्म हामी कुरा गर्यौ । कुराकानी हुदा हुँदै गर्दा उनले भनिन् यहाँ आउनुहोस न आज नारायणघिटि दरबार घुम्न जाम तिमी त्यहाँ बस्दै गर म रेडी भएर आउछु मैले भने । हामी सँगै धेरै ठाँउहरु घुम्न जान्थ्यौ कहिले ‘सतर चिडियाखाना ‘हेर्न’, कहिले पशुपतिनाथको दर्शन गर्न, कहिले धरहरा चढ्न कहिले एयरपोट हेर्न । धेरै फोटाहरु खिचाउथ्यौ
    कहिले मैले उनको र कहिले उनले मेरो खिचाउन्थिन । टुरिष्ट दाईलाई अनुरोध गरेर दुबै संगै भएको फोटाे खिचाइन्थ्यो यस्तै फोटाे खिचाउने क्रममा टुरिष्ट दाइले ओव कति सुवाएको ! भन्दा त उनी लाजले भुतुक्कै हुन्थिन । त्यो उनको चंचले बानी, त्यो लजालु बानु, बोली, वचन, हिडाइ देखेर नै मैले उनलाई मन पराएको थिए ।

    काठमाडौं घुम्दा घुम्दै २० दिन पुगेको पत्तै भएनछ । कोठामा म एक्लै थिए । यतिकैमा टिनिन्न मोबाइलको घन्टी बज्यो र मैले उठए: अं भन पुजा, घर जाने तयारी गर्दै हुनुहुन्छ कि क्या हो उनले भनिन् । अं कोठामा एक्लै छु नरमाइलो लागि रहेछ मैले भने, किन नरमाइलो मान्नु पर्यो र ? घर जान पनि ! उनले भनिन् अनि मैले भने: खैरेनी सम्म त तिम्रो साथ हुन्छ अनि तिमी उता म यता त्यसैले नरमाइलो लाग्या यतिकैमा उनले भनिन्: किन नरमाइलो मन्नु पर्यो के हामी सधै को लागि छुट्टीने हो र ? फेरि कहिल्यै भेट हुदैन होला त । ल भोलि खानासाना खाएर अलिछिटो बस स्टेसनमा आउनुहोला म कुरिरहन्छु अरु बाकी कुरा भेटमै गरौला ओके बाइ ! त्यो दिन त्यतिकै बित्यो भोलि पल्ट आफ्नो नित्यक्रम पछि खानापिन गरि दाजु संग बिदा भई बस स्टेसन तिर लागे अनि पुजा मेरै पर्खाइमा थिइन र उनले भनिन् : ए! हजुर आइपुग्नु भो । अं आइपुगे तिमी बस्दै गर है, म टिकट काटेर आइहाल्छु अनि उनले भनिन् : पर्दैन टिकट काट्न मैले नै काटिसकेकि छु बरु हिंड्नुस बस भित्रै बसेर कुरा गरौ ।

    अनि मैले भने : मेरो लागि यति धेरै दुख किन गरेकि मैले काटीहाल्थेनि । भै गो जसले काटे पनि एउटै कुरा त हो नि म पहिला आए सिट बुक गरे के ठिक गरिन र ? अनि मैले भने तिमी जस्तो सुन्दरी, तिमी जस्तो सुशील, तिमी जस्तो ज्ञानि यो सांसारमा अरु को नै छ र ? भो भो धेरै फुरुक्क पारिदिनु पर्दैन भन्दै लगाए जस्तो गरिन । यतिकैमा गाडीले आफ्नो गति लियो । मैले पुजा सँग जति पनि मनका कुरा गर्नु छ सिरिफ ८/९ घण्टा को बीचमा भन्नू थियो । मैले तिमीलाई मन पराउछु भन्न डर लागिरहेको थियो । मैले उनलाई भनी हाले भने पनि कतै अस्वीकार त गरिदिने होइन ? यस्तै यस्तै भावानात्मक तरङ्गहरु मनभित्र उब्जिरहेका थिए । मैले पुजालाई मायाका कुरा भन्नै सकिन, किन हो किन मैले मनका कुरा भन्नै सकिन ।

    पुजा, तिमीसँग म एउटा कुरा गर्न चाहान्छु नरिसाउ है । पहिला प्रमिस गर, प्रमिस बाबा प्रमिस उनले हास्दै भनिन् । कुरा के भनेनि पुजा, तिम्रो कोहि प्रेमी  छ कि छैन नि ? प्रतिउत्तरमा उनले हास्दै छैन भनिन् । तिमीले कसैलाई मन पराउछौकि नाइ ? भन्दा उनले मन पराउछु भनिन । नाम भन्न मिल्छ भन्दा मिल्दैन भनिन् । मेरो मन झन आत्तिन थाल्यो मुटुले ठाउ छोड्यो र मैले भने : पुजा तिमीलाई म कस्तो लाग्छ ? यो संसारमै छैन होला हजुर जस्तो मान्छे त उनले भनिन् । पुजा तिमीले हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन तर म तिमीलाई अति नै मन पराउछु । जब मैले तिम्रो मुहार पहिलो पल्ट देखेथे, मेरो दिलको फुलबारीमा तिमीलाई नै राखी सकेथे । मेरो जिबनको पहिलो रोजाइ अनि अन्तिम लक्ष्य पनि तिमी नै हो सके सम्म तिमीलाई मागेर नै लैजान्छु होइन भने भगाएरनै लैजान्छु मैले भने।

    अलि बेर सम्म पुजा आफ्नो सिर झुक्याएर बरर आँसु खसालीरहेकि थिइन अनि मैले सम्झाउन थाले: पुजा किन रोएको के मैले नचाइदो कुरा गरेको होर । पुजा मन पराउनु प्रतेक ब्यक्तिको चाहाना हो र यो संसारमा एकअर्का बिच माया नै भएन भने यो सृष्टि कसरी चल्छ । साच्चिकै हो म तिमीलाई हृदय देखि नै चाहान्छु । यदि तिमीले मलाई साथ दिन सकिनौ भने नतिजा नराम्रो सुन्नु पर्ने छ । यत्तिकैमा उनले भनिन् भो नचाहिदो कुरा नगर्नुहोस् । मैले पनि तपाईलाई नै मन पराएको थिए तर भन्न पो डराएको थिए बल्ल आज दुबैको सपना पूरा भयो । यसरी हाम्रो गहिरो सम्बन्ध गासिन पुग्यो ।

    गाडी दाउन्ने आइपुगेको थाहै भयनछ । एक्कासि अचानाक हामी चढेको गाडी बत्ताउन थाल्यो पुजा मलाई झम्टेर चिच्याइरहेकि थिइन। बस भित्र कोलाहल मच्चिन थाल्यो सबैले दाउन्ने देवीलाई पुकार्दै थिए । गाडीको ब्रेक फेल भएको रहेछ । दाउन्ने देवीको शक्तिले पनि थाम्न नसकेर गाडी भिरबाट २०० फिट तल खस्यो । १५ जनाको घटना स्थलमै मृत्यु भयो बाकी अरुलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना गरिएको रहेछ । त्यतिन्जेल सम्म हामी दुबैको होस आएको थिएन । मलाई सेलेन पानी चढाइएको थियो । मेरो पुजाको रगत धेरै नै बगेको रहेछ । पुजाको उपचारमा डाक्टरहरु हस्याङ्फस्याङ गर्दै थिए । यत्तिकैमा डाक्टरले नर्सलाई भने ! नर्स जतिसक्दो छिटो O- negative group को रगत लिएर आउनुस । यत्तिकैमा नर्सले भनिन् ! डाक्टर यो group को रगत त सिद्धिसकेकाे छ । यत्तिकैमा मेरो होस पनि आइपुग्यो र मैले भने: डाक्टर साब म दिन्छु मेरो पुजालाई रगत । मेरो O-negative group हो बरु छिटो गर्नुहोस डाक्टर साब, यत्तिकैमा डाक्टरले भन्नू भयो: होइन तपाईको रगत झिक्न मिल्दैन । तपाईंको पनि धेरै रगत बगिसकेको छ । होइन डाक्टर साब जसरी भए पनि मेरो रगत पुजालाई दिनुस्, मेरो पुजालाई बचाउनुहोस किन कि उनी मेरो हुनेवाली  जीवन साथी हुन त्यसैले डाक्टर साव I request you. अनि डाक्टरले मेरो अनुरोधलाई स्वीकार गरि मेरो पुजालाई बचाउन सफल भए । निखो भएको दोस्रो दिन हामी दुबै जना भइ सिद्धबाबा गयौं । सङै मर्ने सङै वाच्ने बाचाकसम खायौं । केहि समय पछि पुजाले घर जाने मन गरिन । मैले पनि उनको इच्छालाई रोक्न सकिन अनि बुटवल बसपार्क आएर टिकट काटी गाडी उठाइदिए । गाडी छुट्न १०मि. मात्र बाकी थियो । पुजा जसरी भएपनि तिमी एकपटक मेरो घरमा आउ है । अनि उनले हुन्छ  आउछु, मैले जसरी भएपनि ममि ड्याडीलाई सबै कुरा भनेर साथमै लिएर आउछु। अनि मैले भने बाटो त थाहा नै छ होला नि बिर्सीए भनिदिन्छु, उकालोमा जादाजादै दाहिने तिर बर, बर घुमेर तेस्रो लागे आउँछ मेरो घर । यत्तिकैमा गाडी पनि छुटयो । धेरै टाढा सम्म मैरो  हातहरु उनलाई बाइ बाइ भनिरयो । बस पार्कमा एउटा गित बजिरहेको थियो र मैले पनि एक छिन बसेर सुन्न थाले ।।।

    उनले मलाई दिनको २/४ पटक फोन गर्ने गर्थिन, मैले पनि यताबाट फोन गरिरहन्थे । फोनमा मिठामिठा जिन्दगीका सपनाहरू वाडीन्थ्थाे दुख सुखका कुराकानी हुन्थे । मोबाइलमा पैसा सिद्धिसकेपछि मात्र कुरा टुंगिन्थ्थाे । एक दिनको कुरा हो हाम्रो प्रेम सम्बन्ध गासिनु पुर्ण नै पुजाको हात आफ्नो घनिष्ठ मित्रको छोरालाई दिने वचन दिनुभएको रहेछ । केटाे खानदानी रहेछ । पुजा काठमाडौं गएको बेला बिहेको समय पनि निश्चिति भएको रहेछ । बिहेको २ दिन अगाडि पुजालाई थाहा दिइयो । त्यही दिन बेलुकि उनले मलाई फोन गरिन उनी रुदै भनीन:

    हेलो, रोहित कित मलाई माग्न आउनुस कित मलाई भगाएर लैजानुहोस । आज त्यो दिन आएको छ, जुन दिन सिद्धबाबा साची राखी सङै बाच्ने सङै मर्ने बाचा कसम खाएका थियौ। आज त्यो दिन आएको छ जुन दिन हजुरले मलाई कित मागेर लान्छु कित भगाएरनै लान्छु भन्नू भएको थियो । रोहित, म त्यो केटा सँग बिहे नै गर्दिन र हजुर बिना एकपल पनि बाच्न सक्दिन । यो कुरा सुन्ना साथ, म बिहानी पख देखेको सपनाबाट ब्युजीएझै झस्याङ्ग भए । उनको घरमा गएर मागेर, हामी २ को बिहे हुने सम्भब नै थिएन । अनि मैले भने: पुजा, तिमी चिन्ता नमान तिमीलाई म भगाएरै भएपनी तिमीलाई साथ दिनेछु । पुजा तिमी भोलि बिहान ठिक ४:०० बजे तानसेन चोकमा निस्कीय म अहिले नै त्यहाँ आउछु । यति भन्दै फोन राखीदिए । म घरबाट पूरा तयारीका साथ निस्कीए राती ११:०० बजे तिर तानसेन पुगे अनि रेष्टुरेन्डमा रुम लिए । त्यो रात मलाई निद्रानै लागेन कतिखेर ४ बच्छ पुजा कतिखेर आउछिन भनेर मनमा कुरा खेलिरहयो। बिहानीको ४ पनि बजिसक्यो । तर पुजाको आगमन अझै पनि भएन । कुर्दा कुर्दा ८/९ पनि बजिसक्यो । फोन गर्दा फोन पनि लाग्दैन । मेरो मन आत्तिन थाल्यो । के गरु कसो गरु भयो ।  मनलाई दरो बनाएर म पुजाको घरको खोजीमा हिडे । ओरिपरी सबै सँग बुज्दा पुजाको घर त्यहाँ छ भन्नि मलाई थाहा भयो र म पुजाको घरतर्फ लागे । पुजाको घरमा पुग्न साथ त्यहाँ उभिएका सयौं मान्छेको भिड देखेर मेरो मन झन आतिन थाल्यो र के रहेछ भनेर सबै सङ बुझ्न् खोजे । बुझ्दै जादा कुरा के रहेछ भने पुजाको र मेरो प्रेम सम्बन्धको विषयमा उसको डयाडलाई थाहा भको रहेछ र पुजाको सबै तयारीको बारेमा उनको ड्याडीले पहिलै बाट थाहा पाउनु भको रहेछ । पुजालाई घरबाट बाहिर निस्किन नदिदा र आफ्नो प्रेमि सङ भेट हुन नपाएकोले, पुजाले आत्मा हत्या गरेको भनेर मैले अरुबाट सुने । यो कुरा सुन्न साथ, म अफैलाई  भिरबाट खसेको झै भयो । मैले आफूले आफूलाई काबु गर्न सकिन । मेरा आँखाबाट आशुका थोपाहरु बगिरहे । भित्रको त्यो रुवाबाँस अनि मेरो मनमा बल्जीएको पिडाले गर्दा आफुले भन्दा पनि बढी माया गर्ने मान्छेको अनुहार देख्न पनि मलाई डर लाग्न थल्यो । म एकोहोरो रहेर, उनी सङ बिताएका पलहरु सम्झीए, दुख र सुखका कुराकानी सम्झीए । यसरी मेरो जिन्दगी उनी बिना अधुरै रहयो ।

  • राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि  गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

    यस्तै राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • आज पनि कुरा अधुरो रह्यो

    आज पनि कुरा अधुरो रह्यो

    मलाई फरक हुनु मन छ, एउटै होइन।
    मलाई म भनी चिन्नु मन छ, उ होइन।
    काँडै काँडाको बगैचामा मलाई सुन्दर फूल हुनु मन छ।
    जन्म त बाआमाले दिए पनि मलाई आफ्नो छुट्टै पहिचान बनाउनुछ ।

    थाहा छ, निकै गाह्रो छ लाखौँ सङ्ख्याको दृष्टिले हेर्ने समाजबाट अघि बढ्न, तर मलाई प्रयास गर्नु मन छ ।
    मलाई यो रात मेरै हो भनी हिँड्नु मन छ, दिनमा खुल्ला पन्छी जस्तै उड्न मन छ ।
    मलाई पनि दैलोको सिमाना नाघी जीवन जिउनु मन छ ।
    सपना त अनगिन्ती छन्, पूरा होलान् नहोलान्, तर मलाई आफ्नै एउटा सानो महल बनाउनु मन छ।
    गोजीमा सुको छैन तर संसार घुम्ने रहर छ।
    उकाली चढ्दा सास फुल्छ, तर पनि मलाई हिमाल चढ्ने रहर छ ।

    धेरै त सकूँला नसकूँला, तर आमाको उद्रेक चोली अनि बाबाको सिरको मैलो टोपी फेर्ने ठूलो मन छ।
    मलाई म बनि चिन्नु मन छ।

    आकाशका तारा हेर्दै गुनगुनाउँदै थिएँ, कतिबेला आँसु खस्यो पत्तै भएन।
    मन सम्हालेर ओच्छ्यान चेप्दै थिए, आशुले सिरानी भिजेको पत्तै भएन।
    यस्सो घडी हेरेंको, समयले नेटो काटेको थाहै भएन, हस्यङ् र फस्यङ् गर्दै तल झर्दा लडेर झन्डै मरेँ।
    के गर्नु, आज पनि कुराहरू अधुरै रहे, यो गर्छु भन्ने कुरा कल्पनामै रहे।
    मनले प्रश्न गर्यो, “खै त गरेको?” मुस्कुराउँदै भनेँ,
    “मरेका इच्छाहरू जगाऊँ कसरी, थाकिसकेको सपना बिउँझाऊँ कसरी?”
    पिँजडामा बन्द भएको चरी उडूँ कसरी?

    लेखक- ईरा आर्याल

  • भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल

    भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् ।

    प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।

    सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । श्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेका थिए ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।

  • तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

    तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१- ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो  । 

    एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए। 

    स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । 

    शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो ।

    बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

  • यात्रा जिन्दगीको

    यात्रा जिन्दगीको

    जिन्दगी यस्तो भइदिए भन्ने त केवल परिकल्पना हो । बिना कुनै कल्पना पनि सहनै परेका, बुझ्नै परेका, भोग्नै परेका परिस्थिति जिन्दगी हो । धेरैको दृष्टिकोणमा जीवन र जिन्दगीको अर्थ एकै छ । तर मेरोलागी फरक अर्थ राख्छ । बाँचिरहेको पल जीवन हो तर बाँचेका पललाई समेट्दा बन्ने यादका शृङ्खला वा अध्याय जिन्दगी हो ।

    जीवनको अन्तिम मुनामा म मेरो जिन्दगी समेट्दै छु ।मैले घडी हेर्न जान्दा देखि त्यही एकै ठाउँमा रहेर आफ्नो हातलाई एउटै गतिमा रिङ्गाउने त्यो घडी आजपनि त्यही ठाउँ र त्यही गतिमा छ तर ऐना हेर्दा म परिवर्तन महसुस गर्दछु । न कतै टाढा पुग्ने हतास न थकितको आराम। एकै गतिमा यति परिवर्तन ल्याउने समय कहाँ सामान्य हो र ! काखदेखि घाटको पर्खाइ सम्मको जिन्दगी मेरो स्मरणमा रहेसम्म यहाँ पोख्दै छु । मेरो जीवनको रङ्गमञ्चबाट बिदाइको पर्खाइमा म छु । जीवन यहाँसम्म आउँदा आज म एक्लो छु । यही हो जिन्दगी एक्लो, अन्तिमसम्म आइपुग्दा । त्यो बालपनदेखि यहाँसम्म आइपुग्दा जिन्दगी भनेर धेरै कुरा बुझ्ने अवसर मिल्यो। जीवनमा मिल्ने ठक्करले धेरै कुरा सिकाउदोँ रहेछ ।

    सम्झिन चाहेपनि सम्झन नसकिने त्यो आमाको काखमा बिताएको शिशु काल र जीवनमा बिर्सिन चाहेरपनि बिर्सिन नसकेको त्यो पलले आजपनि मनलाई त्यही चोटमा पुर्याउँछ । बालपनमा सँगै खेलेका मितेरीहरु कहाँ पुगे कुन्नी? तर आजपनि उनीहरूसँग बिताएको पल सम्झँदा मेरा चाउरी परेका ओठ मुस्कुराउँछन्। याद पुरानो भएपनि मुस्कान भने ताजा नै हो। अनि त्यो युवक पल र जवानीको रस भरिएको पल जहाँ कसै सगैं जिन्दगानी काटुँला भन्ने रहर थियो ,केही सपना सजाएको थिए तर आज सबैसँग छुटिएर यहा आइपुगे यही हो जिन्दगी । सोचाइ एउटा थियो , खुसी एउटामा थियो अनि भाग्यले एउटासँग जोडिदियो, अनि भोगाईसंगै बुझाइमा आएको जिन्दगी फरक भइदियो। भाग्य र मन सधैँ विपरित हुदोँरहेछ । भाग्यमा नभएको मान्छे मनमाभने रहिरहने। जिन्दगीको अर्को पल जागिरको लागि ठक्कर खादाको पल । जिम्मेवारी काधँमा पर्दाको पल । श्रृणले पछ्याउँदाको पिर । पिता बन्नुको खुसी जिन्दगीको अर्को मिठासको लाली पोतिएको पल ,खुसीको मुना फक्रिएको पल । बाबा खै भन्दै खोज्ने त्यो नयन अनि मसँग खेल्न पाउदा रमाउने त्यो मुहार आजपनि सम्झन्छु। खुट्टामा राखेर उफार्दा , ढाडमा राखेर घर घुमाउँदै अनि काधमा राखेर गाउँ घुमाउँदा मेरो छोरोको ओठमा आएको मुस्कान तर हिजो आज मलाई देखेर मुस्कुराउन छोड्यो हुन त अब पहिलेको जस्तो जोस र होश कहाँ छ र ? जवानीले छोड्दै गर्दा त सबै आफैंसगं लादो रैछ । जवानीले भरिएको रसिला गाला खुम्चिँदै गर्दा पुरै जिन्दगी खुम्चिएको अनुभुति मैले गरे । जसोतसो आट गरेर यहाँसम्म आएकै हो।

    जिन्दगीमा सङ्गिनी खुसी बाडेर हाँस्दाको पल अनि दुखले काधँमा रोएको पल । पल पल जोडिएर हरपल ज्ञान बाड्छ जिन्दगीले । हुन त म पनि मेरो जिम्मेवारी भनेर दौड्दैगर्दा मेरो बाबालाई छोडेर हिडेको हुँ । पृथ्वी गोलो छ । दुखैदुखले जीवन पोत्दापनि आफ्ना भनि कोही बटुल्न नपाउने खेल रहेछ जिन्दगी । हिड्दा हिड्दै लडाउने र रोक्नेसगँको भेट रहेछ जिन्दगी । लडाउने र रोक्नेको भरमा रोकिए असन्तुष्टि र कौटुहलताले एक्लो बनाउने अनि मनको आवाज सुने सबैको साथ छुटेर एक्लो हुने ।आज नियाल्छु दायाँबायाँ नकोही नकोही । जिन्दगी ज्युँदा लामो हो , सम्झँदा केवल दुई पल छ ।

    एक सुख अनि अर्को दुख । जसोतसो अप्ठ्यारो भए पनि जीवनको अर्थ बुझियो । कतै कसैसँगको भेट अनि कतै बिछोड अनि अन्त्यमा एक्लो यही हो जिन्दगी । मानिसका इच्छा, चाहना र आशयहरू पूरा हुन नपाउँदै, जिन्दगीको परिभाषा नबुझ्दै एउटा जिन्दगीको अवसान हुँदोरहेछ ।

  • देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

    देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

    बुटवल । स्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ ।

    देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन इट्टाको इनार भेटिएको हो ।

    गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो इट्टाको प्राचिन इनार भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस(तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने । उनका अनुसार प्राचिन इनार भएपनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै यकिन हुनेछ ।

    इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचिन इट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताए ।

    बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए । रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ । रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् ।

    प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामि दिनमा थप कदमहरु अगाडि बढाउने बताए ।

    देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

    लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी अझै एक महिना चल्ने जनाइएको छ ।

  • चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

    चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

    गलकोट । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र  हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।

    निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।

    तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ  । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए ।

    “विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भने, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।”

    कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको  कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भनिन् । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न  गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

    निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।

    निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।

  • ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

    ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

    काठमाडौं बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ।

    समूह ‘बी’मा रहेको अस्ट्रेलिया पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा हुनेछ।

    बिहान ५:१५ बजे सुरु भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाले सातौं ओभरको समाप्तिमा पिएनजीको चार विकेट लिइसकेको छ।

    समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।