हुरीले ढालेको रूख बज्रँदा एकजनाको मृत्यु

मध्यबिन्दु ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रूख शिरमा बज्रँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहानको हुरीले रूख ढालेको रूख बज्रँदा  थापाको मृत्यु भएको हो । 

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल  पठाइएको छ । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *