नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’ मा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गरेको छ। अन्तिम खेल बाँकी हुँदै उपाधि दाबेदार अस्ट्रेलियाले शीर्ष आठमा स्थान बनायो। रवाफिलो प्रदर्शन गर्ने क्रममा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया खराब ब्याटिङको सिकार हुँदा १७ ओभरमै ७२ रनमा समेटिएको थियो। उसका लागि कप्तान जेरहार्ड एरासमसले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक मिचेल भान लिङ्गेनले १० रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। त्यस्तै, जोस ह्याजलवुड र मार्कुस स्टोइनिसले २-२ विकेट लिँदा प्यान कमिन्स र नाथन एलियसले १-१ विकेट हात पारेका थिए।

७३ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको अस्ट्रेलियाले ५.४ ओभरमै लक्ष्य पुरा गर्योग। उसका लागि ट्रेभिस हेड ३४ रनमा अविजित रहँदा उनलाई कप्तान मिचेल मार्सले १८ रनमा साथ दिए। त्यसअघि अर्का ओपनर डेभिड वार्नरले २० रन बनाएका थिए। नामिबियाका लागि डेभिड वाइजले १ विकेट लिएका थिए।

यसअघि अस्ट्रेलियाले समूहमा ओमानलाई ३९ रनले हराएको थियो भने इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो। अब अस्ट्रेलियाले समूहको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्न बाँकी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *