Category: खेलकुद

खेलकुद

  • टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनीलाई हरायो

    टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनीलाई हरायो

    आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्यु गिनी (पिएनजी)लाई ७ रनले पराजित गरेको छ । गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

    यसअघि टस हारेर  पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले  १९ ओभर ४ मा ७८ रन बनाएर अलआउट भयो ।

    समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज सुरुवाती ३ खेल जित्दै सुपर ८ प्रवेश गरिसकेका छन् । न्युजिल्यान्डले ४ खेलमा ४ अङ्क जोड्यो । युगान्डाले २ अङ्क जोड्दा पिएनजी अङ्कविहीन रह्यो ।

     

  • अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण

    अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।

    अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

    यसअघि दुईवटा टोलीले मात्र जारी विश्वकपमा दुई सयभन्दा बढीको स्कोर बनाउन सकेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेलमा श्रीलङ्काले दुई सय एक रन बनाएको थियो । इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाले पनि दुई सय एक रन बनाएको थियो ।

    वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६।२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका बलर र ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

    पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि अनुभवी ब्याट्सम्यान निकोलस पुरनले ९८ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५३ बलको सामना गरी आठ छक्का र ६ चौका पनि प्रहार गरेका थिए ।

    ओपनर जोन्सन चाल्र्सले पनि टोलीको खातामा ४३ रन थपे । उनले केवल २७ बलको सामना गरी आठ चौका हिर्काए । कप्तान रोभमन पोवेलले पनि २६ रन बनाए । उनले १५ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

    अर्का अनुभवी ब्याट्सम्यान साई होपले पनि २५ रन बटुले । उनले १७ बलमा दुई छक्का प्रहार गरे । अफगानिस्तानका बलर गुलबदिन नाइबले दुई तथा नवीन उल हक र अजमतुल्लाह ओमरजाईले एक–एक विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई लक्ष्यसम्म पुग्न नदिन क्यारेबियन टोलीका बलर ओबेड म्याकोयले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । अकेल होसैनले पनि दुई विकेट लिएका थिए । अल्जारी जोसेफ र आन्द्रे रसेलले पनि एक–एक विकेट हात पारे ।

    अफगानिस्तानका लागि ओपनर ईब्राहिम जदरानले सर्वाधिक ३८ रन बनाए । उनले २८ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । अजमतुल्लाह ओमरजाईले २३ रन जोडे । करिम जनतले १४ र कप्तान रासिद खानले १८ रन बटुले ।

  • अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

    अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन् ।

    टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।

    सुरुआत भने खास रहेन । आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए । त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए । ८ ओभरमा १०२ रन पु¥याए । जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए ।

    उनले ८ चौका प्रहार गरे । एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए । पाँचौँ विकेटको रूपमा निकोलस पुरन आउट भएका थिए । उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए । आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे ।

    अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एक एक विकेट लिए । विश्वकपमा वेस्टइन्डिले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो ।

  • विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

    विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

    सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।

    यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

    नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।

    दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३१ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए।

    सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो।

    नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।

    नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३/१३ रन जोडे । नेपालको कसिलो बलिङविरुद्ध अरु कुनै पनि बंगलादेशी ब्याट्सम्यानले दोरोहो रन जोड्न सकेनन् ।

  • अन्तिम बलमा गुल्शन झाको कमजोर रनिङ, डाइभ हानेको भए सुपर ओभरमा जान सक्थ्यो खेल

    अन्तिम बलमा गुल्शन झाको कमजोर रनिङ, डाइभ हानेको भए सुपर ओभरमा जान सक्थ्यो खेल

    काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा नेपालले एउटा अभूतपुर्वक जितको मौका गुमाएको छ । शक्तिशाली दक्षिण अफ्रिकालाई हारको संघारमा पुर्‍याए पनि नेपाल १ रनले चुक्यो ।

    अन्तिम दुई बलमा नेपाललाई जितका लागि दुई रन मात्र चाहिएको थियो । एक रन लिएको भए खेल सुपरओभरमा जान्थ्यो । तर, गुल्शन झा दुई बलमा लगातार बिट भए ।

    अन्तिम बललाई फर्केर हेर्ने हो भने गुल्शनले नेपाललाई सुपरओभरमा पुर्याउने अवसर खेर फालेको महसुस हुन्छ । ओर्टनील बार्ट म्यानले फ्याकेको सर्ट बललाई गुल्शनले ब्याट लगाउन सकेनन् । तर, उनीसँग एक रन लिन सक्ने अवसर थियो ।

    गुल्शनले रनिङमा कमजोरी देखाए । अर्को इन्डमा पुगेर डाइभ लगाएको भए । उनले एक रन पुरा गर्न सक्थे भन्न रिप्लेमा हेर्दा देखिन्छ । उनी थोरै दुरीले मात्रै पछाडि परेका थिए ।

  • दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

    दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, भुर्तेलले लिए ४ विकेट

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकालेनिर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो।

    विश्वकपको ‘मोस्ट विन’ खेलमा नेपालले दक्षिण अफ्रिकालाई सस्तो योगफलमा रोकेको छ । नेपालका स्पिनरहरुले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । कुशल भुर्तेलले चार विकेट र दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन गतिमा नियन्त्रण गरेका थिए ।

    दक्षिण अफ्रिकासामु नेपालका स्पिनरले कसिलो बलिङ गरे । बलिङमा नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका कुशल्ले १९ रन खर्चेर ४ र दीपेन्द्रले २१ रन खर्चेर ३ विकेट लिए ।

    ब्याटिङमा दक्षिण अफ्रिकाका रीजा हेनरिक्सले सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४३ रन जोडे । ट्रिस्टन स्टब्सले १८ बलमा २७, एडिन मर्क्रम २२ बलमा १५ र डिकक ११ बलमा १० रन बनाएर आउट भए ।

  • नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

    नामिबियामाथि सहज जित निकाल्दै अस्ट्रेलिया ‘सुपर ८’ मा

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’ मा अस्ट्रेलियाले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गरेको छ। अन्तिम खेल बाँकी हुँदै उपाधि दाबेदार अस्ट्रेलियाले शीर्ष आठमा स्थान बनायो। रवाफिलो प्रदर्शन गर्ने क्रममा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले पराजित गर्‍यो।

    टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया खराब ब्याटिङको सिकार हुँदा १७ ओभरमै ७२ रनमा समेटिएको थियो। उसका लागि कप्तान जेरहार्ड एरासमसले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक मिचेल भान लिङ्गेनले १० रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। त्यस्तै, जोस ह्याजलवुड र मार्कुस स्टोइनिसले २-२ विकेट लिँदा प्यान कमिन्स र नाथन एलियसले १-१ विकेट हात पारेका थिए।

    ७३ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको अस्ट्रेलियाले ५.४ ओभरमै लक्ष्य पुरा गर्योग। उसका लागि ट्रेभिस हेड ३४ रनमा अविजित रहँदा उनलाई कप्तान मिचेल मार्सले १८ रनमा साथ दिए। त्यसअघि अर्का ओपनर डेभिड वार्नरले २० रन बनाएका थिए। नामिबियाका लागि डेभिड वाइजले १ विकेट लिएका थिए।

    यसअघि अस्ट्रेलियाले समूहमा ओमानलाई ३९ रनले हराएको थियो भने इंग्ल्यान्डलाई ३६ रनले पराजित गरेको थियो। अब अस्ट्रेलियाले समूहको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्न बाँकी छ।

  • वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

    वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

    काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन् ।

    अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो। वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।

    समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन थिए ।

  • विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

    काठमाडौं ।  टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ ।

    उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार बिहान वेस्ट इन्डिज पुगेका हुन् ।

    अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएका हुन् ।

    अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

    फास्ट बलर प्रतिश जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

    नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

    वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

  • रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

    रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान पराजित

    न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ ।

    जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

    भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।

    पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

    इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

    भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।

    खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।

    कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

    त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।

    अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

    पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो ।

    पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ  गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।