सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ । 

सत्तारुढ दल समाजवादीको  केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो। बिहीबार केन्द्रीय कमिटीका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सहकारी अपचलनमा गृहमन्त्री समेत संलग्न भएको विषय दुःखद भएको बताएको छ । 

सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ । यसमा गृहमन्त्री जोडिनु दुखद विषय हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *