Category: राजनीति

राजनीति

  • डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

    डलर तिरेर पोस्ट बुस्ट, माननीयको प्राथमिकता प्रचार कि काम ?

    राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रद्धा कुंवरले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्टहरू बुस्ट गर्न डलर खर्च गरेको देखिएपछि आलोचना सुरु भएको छ।

    पछिल्लो समय उनका पोस्टहरू ‘स्पोनसर’ रूपमा प्रयोगकर्ताको फिडमा देखिन थालेका छन्। सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्ना गतिविधि र विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु सामान्य भए पनि, पहुँच बढाउन पैसा खर्च गर्नु कत्तिको उचित हो भन्ने प्रश्न उठेको छ।

    कतिपयले यसलाई कामभन्दा प्रचारलाई प्राथमिकता दिने प्रवृत्ति भन्दै टिप्पणी गरेका छन्। “काम राम्रो भए बुस्ट नगर्दा पनि जनसमर्थन आफैं बढ्छ,” भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै देखिन थालेको छ।

  • “राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

    “राजनीतिक हस्तक्षेपले आजित भण्डारी, अन्ततः दिए राजीनामा”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवदह नगर सभापति किरण भण्डारीले देवदह आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिबाट राजीनामा दिएका छन्।

    भण्डारीले सामाजिक सञ्जालमार्फत विद्यालय तथा क्याम्पसहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाउँदै आफूले उक्त समितिबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

    यसअघि प्रकाशित समाचारमा किरण भण्डारीले पार्टी पदबाट राजीनामा दिएको भनी उल्लेख गरिएकोमा तथ्यगत त्रुटि भएकोले सच्याइएको छ। – सम्पादक

  • प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    काठमाडौ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली मंगलबार बैंकक पुगेका छन् ।

    थाई समकक्षीको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

    प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जंग्राउन ग्रेङकिटदम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङदम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाई प्रधानमन्त्री पे थोङथान शिनावात्राले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेकी थिइन् ।

    प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।

    बुधबार नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीबिच औपचारिक वार्ता हुनेछ । त्यसक्रममा दुई सरकारी र ६ निजी क्षेत्रबिच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विपक्षीय वार्तापछि नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । उनले थाइल्यान्डका नरेश महा बजिरालोङकोर्नसँग शिष्टाचारर भेट गर्नेछन् ।

    प्रधानमन्त्री ओलीले बिहीबार थाइल्यान्डका प्रतिष्ठित व्यवासायीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गर्ने तथा नेपालका तर्फबाट एक लाख डलर सहयोग गर्ने कार्यक्रम पनि तय भएको छ ।

    औपचारिक भ्रमण सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् । प्रधानमन्त्री ओली बिहीबार साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई थाई प्रधानमन्त्रीद्धारा आयोजित औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् । उनी शुक्रबार बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यही दिन प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    बिमस्टेक नेताहरूबिच मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर हुने कार्यक्रम रहेको ओलीले संसद्लाई जानकारी दिएका छन् । शुक्रबार साँझ बैंककस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएर प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्किनेछन् ।

  • बन्द उद्योग सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने

    बन्द उद्योग सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने

    बुटवल । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्याैपानेले साना तथा मझौला उद्योगबाट पनि राेजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् ।
    मंगलबार बुटवलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकाे तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनकाे उद्घाटन गर्दै मन्त्री न्याैपानेले सानातिना घरेलु उद्योगहरूबाट पनि स्वराेजगार बन्नुका साथै धेरैलाई राेजगारी दिन सकिने भएकोले प्रदेश सरकारले त्यस्ता उद्योगहरूकाे प्रवर्द्धन गर्ने योजना रहेको बताएका हुन् ।
    स्वदेशमा थाेरै लगानी गरेर पनि धेरै मुनाफा आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनलेे राेजगारमुखी र निर्यातमुखी उद्योगहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको बताए ।
    सुनका गहना बजाउनका लागि भारत र बंगलादेशबाट लाखौं कारिगड नेपाल आउने गरेको भन्दै मन्त्री न्याैपानेले नेपालीहरूलाई सुनचाँदीका गहना बनाउने कारिगड तालिम दिने तयारी गरेको जानकारी गराए ।
    रूग्ण तथा बन्द उद्योग पुन सञ्चालन गर्ने मन्त्रालयकाे योजना रहेको जानकारी गराउदै उनलेे उनलेे त्यस्ता उद्योगहरूकाे बारेमा जानकारी दिन र पुनः सञ्चालनकाे योजना पेस गर्न उद्योगी ब्यवसायीहरूलाई आग्रह गरे ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठककाे सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी,महासंघका बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर कण्डेल,महासंघ केन्द्रीय महिला समिति बरिस्ठ उपाध्यक्ष रीता अवाल, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्याैपाने, रूपन्देही उद्योग संघका पुर्व टंक प्रसाद पाेखरेल,रूपन्देही उद्योग संघकै अर्का पुर्व अध्यक्ष बाबुराम बाेहाेरा, महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी,महासचिव जयश्वर पाैडेल, महासंघ अन्तर्गतकाे महिला समिति अध्यक्ष शान्ति शर्मा, रूपन्देही जिल्ला अध्यक्ष टंक प्रसाद अधिकारीलगायले मुलुकमा युवाहरूको बिदेश पलायन, दक्ष मजदुरको अभाव,उद्योग दर्ता र सञ्चालनमा आइपर्ने समस्याका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।
    साे अवसरमा रूपन्देहीका प्रतिष्ठित उद्योगी बसन्त राेका क्षेत्री र दाङकी रचना सुवेदीलाई उत्कृष्ट उद्योगी सम्मानबाट सम्मानित गरिएको थियो ।
    त्यस्तै महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव जयश्वर पाैडेल, महासंघ अन्तर्गत लुम्बिनी प्रदेश महिला समिति उपाध्यक्ष सावित्रा टण्डन,महासचिव पार्बती अधिकारी, महासंघ प्रदेश समिति सदस्यद्वय माया खनाल र कृष्णप्रसाद प्रसाईंलाई सम्मान गरिएको थियो ।
    १२ जिल्लाका २४३ प्रतिनिधिहरूकाे सहभागीता रहेको अधिवेशनले महासंघकाे नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

  • गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

    गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

    नेपाली जनताले नेताहरुले गरेको गलत क्रियाकलापहरु हरिरहेको बताए । जनताको शक्तिलाई कमजोर नठान्न उनले आग्रह समेत गरे । छतमाथि बसेर किन म्याद सकिएको अश्रुग्यास बर्षाइयो भन्दै उनले प्रश्न समेत गरे ।

  • संसद्‍बाट प्रधानमन्त्रीको उद्घोष- आगजनी, लुटपाट र तोडफोडको जिम्मा पूर्वराजाले लिनुपर्छ

    संसद्‍बाट प्रधानमन्त्रीको उद्घोष- आगजनी, लुटपाट र तोडफोडको जिम्मा पूर्वराजाले लिनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ को तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेबारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका हुन् ।

    ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुँदैन । यसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘मानिसलाई मर्न दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’

    गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए । उनीहरूले बिहीबार निर्मल निवास पुगेर पूर्वराजा शाहसँग संवाद गरेका थिए ।

    ज्ञानेन्द्रले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गरेपछि ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरिएको उनको भनाइ थियो ।

    ‘फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो,’ प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रप्रति आक्रोश वयक्त गर्दै भने ।

    प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको उनको भनाइ थियो । तत्कालीन समयमा नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार–व्यावसाय सञ्चालन गर्ने सहमति भएको ओलीले स्मरण गरे ।

    उनले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र ज्ञानेन्द्रलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको पनि बताए ।

    ‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद-व्यवस्थापन गर्नु भएको थियो,’ प्रधानमन्त्री ओलीले भने ।

  • त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

    क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

    यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।

    क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की उम्मेदवार छन् ।

    यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।

  • हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन : प्रधानमन्त्री

    हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् ।

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरूको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे ।

    लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने रु भन्ने रहेको बताए ।

    उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरे ।

    प्रधानमन्त्री ओलीले भने ‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ? ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरूले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानुनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरूले सजिलो हुन्छ, अस्तव्यस्त कायम गर्न । केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’

    प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरू लागि परेको बताए । उनले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताए ।

    उनले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरू लागेको बताए । उनले स्थानीय तहको विकल्प नभएको पनि बताए ।

    प्रधानमन्त्री ओलीले आफूहरू देश निर्माण गर्ने कार्यकर्ता भएको बताए । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरू संशोधन गर्दा विचार पुर्याएर समयानुकूल बनाएर अघि बढ्न जरुरी रहेको बताए । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताए ।

  • मलाई एकीकृत समाजवादीमा जान एमालेले दिएनः वामदेव गौतम

    मलाई एकीकृत समाजवादीमा जान एमालेले दिएनः वामदेव गौतम

    काठमाडौँ । आफूलाई नेकपा एकीकृत समाजवादीमा जान नेकपा एमालले नदिएको राष्ट्रिय सभाका सांसद वामदेव गौतमले बताएका छन्।

    उनले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका हुन्।

    बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभए पनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ ।

    उनले अब तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्नेसमेत बताए। उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।

    उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रस्ताव आयो । त्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रहेछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं।’

    जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभइ व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ।

  • सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित  गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।

    न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने  श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् ।  यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।

    प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै  काठमाडौँ र पोखरा बहस  गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने  राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले रातोपाटीलाई बताए ।

    माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।