मेरै सफलताले पछि आँखा रसाउँछ

बिर्सिएर मनले किन चित्त दुखाउँछ
सूर्य अस्ताएपछि फेरि चन्द्र उदाउँछ

चिसो मुटू बन्दैमा पनि के हुनु दुःखी
चिसो हिउँले, ढुङ्गो हिमाल बनाउँछ

दुःख र पीर भन्नु नङ हो जिन्दगीको
जति पटक फालेपनी फेरि पलाउँछ

सबैभन्दा नरम चिज भनेर के गर्नु
काँडा भन्दा बढी त जिब्रो बिझाउँछ

मेरो वियोगमा रावण हाँसो हाँस्नेको
मेरै सफलताले पछि आँखा रसाउँछ

-कपिल अगस्त्य

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *