कविता

दबिएको आवाज

म त्यो नारी हु
जसलाई मानिस रुपी भेडाहरुले
अंग-अंग लुछेर मारेका थिए,
आज कविता मार्फत बोल्दै छु,
त्यति बेला मुख थुनिदिएका थिए
बोल्न पाएकी थिइन,
आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु ।
रगतले लतपततिएकि थिए म,
मेरो प्राण जान सम्म कुरियो,
अब मरी भन्ने थाहा पाउन साथ्, मलाई खाल्टो खनेर त्येही पुरियो ।

जब उनीहरु पछि लागे भन्ने थाहा पाए,
मेरा आसा अनि सपनाहरु त्यही मरिसकेका थिए,
धेरै अघि बड्ने रहर थियो जीवनमा, तर बिडम्बना मानिस रुपी राक्षहरुले माटो मुनि दबाइ दिए ।
छोरी पढेर केहि गर्ली भन्ने मेरा बुवा-आमाको सपनालाइ ति राक्षसहरुले छिनभरमै जलाएर खरानी पारिदिए,

मर्न त म मरे तर, उता म जस्तै जीवन मा केहि गर्ने सोच भएका करोडौं नारीहरुको सपनालाइ पनि घाटी दबाएर मारिदिए ।
म सम्झन्छु त्यो दिन जुन दिन, म मरेर लास बन्दा पनि यो समाजले मलाई सुख दिएन
नाङ्गो फालिएकी थिए म बाटोमा, मेरो नाङ्गो सरिर बाट लाइक्स, कमेन्टस कमाउन आतुर थिए सबै तर मेरो वास्तविक चिन्ता भने कसैलाई थिएन ।

– लिकिस बुढाथोकी

  • प्रकाशित मिति :- शुक्रबार, भदौ १४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |