
सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्दै आएका छन्।
किताबी ज्ञान मात्र हैन व्यहारिक शिक्षालाइ जोड दिने विद्ध्यालाको नीति अहिले नियमित अभ्यास बनेको छ। विद्यार्थीहरू पाठ्यपुस्तकको पढाइसँगै खेतबारीको व्यवहारिक ज्ञानमा पनि रमाइरहेका छन्।
“विद्यार्थीले आज मात्रै दोस्रो छाकमा घिरौंला खाए। पहिले टमाटर फल्यो, तर अहिले सकिएको छ। अहिले चाहिँ बोडी मात्र बाँकी छ,” विद्यालयका शिक्षक राजेश तिवारीले जानकारी दिए। “फर्सीका मुन्टाहरू चाहिँ जाउलोमा हालेर खुवाउने गरेका छौं,” उनले थपे। उनका अनुसार मकैको पहिलो लट भाँचिसकिएको छ भने दोस्रो लटको तयारी भइरहेको छ। पहिले गोभी र बन्दा पनि फलाएर विद्यार्थीले दिवा खाजा खाएको उनले बताए।
विद्ध्यालयमा करेसा बारी सुनवल नगरपालिले स्थानीय पाठेक्रममा समावेस गर्नुको साथै विद्यालयमा बजेट पनि बिनियोजन गरेको छ यसले पनि बिउ बिजन र मल खरिद लाइ सहज भएको विद्यालयकि प्रधानाध्यापक सावित्री कुमारी राना बताउँछिन् । विद्यालयमा व्यवहारिक शिक्षाको अभ्यासका रूपमा सुरु गरिएको करेसाबारी अभियानले विद्यार्थीलाई उत्पादनमा समेत अभ्यस्त बनाएको छ। केही पिरियडमा पढाइ सकेपछि विद्यार्थीहरू खुसी हुँदै करेसाबारीतिर लाग्छन्। “विद्यार्थीहरू करेसाबारीतिर जान पाउँदा रमाउँछन्।
कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् । उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् ।
जनज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको करेसाबारीले केवल तरकारी मात्रै फलाएको छैन, विद्यार्थीको सोच, दृष्टिकोण र सीप पनि हुर्काइदिएको छ। यस्तो व्यवहारिक अभ्यासले ग्रामीण विद्यालयमा शिक्षालाई जीवनोपयोगी बनाउन मद्दत गरेको छ ।