
स्थायी सेवाको पहिलो वर्ष : शैक्षिक सत्रको सुरुवात बैशाख १ गतेदेखि हुन्छ । मैले भदौ महिनाको १८ गते नियुक्ती लिएको हुँ। साढे चार महिना त सकिइसकेको थियो। भदौ १८ गते अध्यापरत विद्यालयका प्रिन्सिपलको अनुमति लिएर पाँचौ घण्टि पढाएपछि जि शि का भैरहवा पुगि नियुक्ति बुझि सोझै सिफारिस गरिएको बिद्यालय देवदह मा वि मा दिउसो ४:०० बजे भित्र पुगेको थिएँ। भोलिपल्ट भदौ १९ गते देखि यस बिद्यालयमा मेरो फरक शिक्षण अध्याय सुरु भयो। अध्यापन अनुभव लामो रहेता पनि अब नयाँ बिद्यालय, नयाँ बिद्यार्थी, नयाँ शिक्षक परिवार, बढो उत्सुकता थियो ममा।
यसभन्दा अगाडि अध्यापन गरेको बिद्यालयमा अध्यापन अवधी भर सबैभन्दा कडा शिक्षकको रुपमा गनिएको थिएँ। मलाइ बिद्यार्थीका हरेक गतिबिधि चुस्त तन्दुरुस्त चाहिन्थ्यो। अनुशासन पहिलो प्रथमिकता भित्र पर्थ्यो। अस्वभाविक गतिबिधि पाउने बित्तिकै स्पष्टिकरणको कठघरामा उभिनुपर्थ्यो। त्यसैले बिद्यार्थी र मेरो बिच दुरी कायम रहेको थियो। म मेरै छोराछोरीको पनि शिक्षक थिएँ। दुबैले बिद्यालय समय र बिद्यालयको कम्पाउण्ड भित्र छिरेपछि मलाइ म्याम नै भनेर बोलाउथे। त्यो पनि समय र स्थान अनुसार आफुलाइ परिवर्तन गर्न सक्नुपर्छ भन्ने सिकाइ थियो।
नयाँ विद्यालयमा पनि त्यही स्वभावलाइ निरन्तरता दिन थालेँ। सुरुसुरुमा बिद्यार्थीहरुले -” नयाँ मिस कक्षामा हामीलाइ पढाउदा धेरै अंग्रेजी बोल्नुहुन्छ। हामीले बुझ्दैनौ” भनेर हेडसरलाइ सिकायत गर्न पुगेछन्। हेडसरले उक्त सिकायतको मलाइ जानकारी दिनुभयो। त्यसपछि म उनीहरुकै चाहाना अनुसार आफुलाइ परिवर्तन गरेँ। यति छिटै उनिहरुको माया पाएँ। त्यो अकल्पनिय छ। सुरुमा मलाइ कक्षा ५ को कक्षा शिक्षकको जिम्मेवारी दिइएको थियो।
विद्यार्थीहरुले दिनहुँ मेरालागि फूल ल्याउने र बिहान म भन्दा अगाडि स्कुल पुगेर मेरो प्रतिक्षा गर्ने गर्थे। सुरुमा मिसलाइ कसले फुल दिने भन्ने प्रतिष्पर्धा गर्थे। म त त्यो सम्मान र मायाले गदगद हुन्थेँ। उनीहरुले दिएको फुल मेरा हातमा पनि अटाउदैथ्यो। सबै ल्याएर स्टाफ रुमको टेवलमा राख्ने गर्थेँ। दिन, हप्ता र महिना बिते बिद्यार्थीले फूल दिने कार्य निरन्तर रह्यो। एकदिन बिद्यालयमा मेरो अनुपस्थिति मा केहि शिक्षक स्टाफबीचमा यहि फूलको बिषयमा टिकाटिप्पणी भएछ। प्रअ लाइ पनि यो क्रियाकलाप रोक्नुपर्ने सल्लाह भएछ। बिद्यार्थीहरुले घरबाट बिदालय आउदा बाटो बाटोमा अरुका घरका अगाडी लगाएको फूल चोरेर ल्याउछन् र नयाँ मिसलाइ दिन्छन्। मिसले नल्याउ भन्नुपर्ने हो। गाउँका मान्छेहरु रिसाएका छन बिद्यार्थीले फूल चोरे भनेर भन्ने कुरा मैले पनि सुने। अरु शिक्षकहरुले पनि बिद्यार्थीलाइ हप्काउनु भएछ र मलाइ पनि त्यो कृयाकलाप रोकिहाल्नुस् मिस, भन्ने आदेश आयो। कुरा ठिकै पनि भन्ने लागेर मैले बिद्यार्थीहरुलाइ राम्रोसंग सम्झाएँ- भोलिदेखि कसैले पनि मेरालागि फूल टिपेर नल्याउ फूल चोर्नु पनि पाप हो, नराम्रो काम हो। तिमीहरुले अहिलेसम्म गाउबाट फूल चोरेर ल्याउने रहेछौ। मलाइ धेरै दुख लागेको छ। सबैजना बिद्यार्थीहरुले सबैले आआफ्नो घरबाट फूल ल्याएको कुरा ब्यक्त गरे। उनीहरुको कुरा सुन्दा चोरेर फूल ल्याउछन् भन्ने लाग्दैनथ्यो। अनि मैले भने -” सुन ! अब जे भयो भयो। तर अबदेखि कसैले पनि कतैबाट पनि फूल टिपेर स्कुल नल्याउने। मलाइ पनि नदिने है? यति ल्यायौ भने म तिमीहरुसग रिसाउछु। मेरो कुरा सुनेपछि सबै बिद्यार्थी मौन भए।
भोलिबाट कसैले फूल ल्याएन। फूलको बहानामा बिद्यार्थीहर मेरो नजिक आउथे मनका कुरा गर्थे। त्यो सबै सकियो। अब पढ्ने पढाउने सामन्य दिन सुरु हुन थाल्यो। केहि दिन बिते पाँचौ दिनको दिन म कक्षामा पसेर हाजिरी पुस्तिकामा सबै बिद्यार्थीको हाजिर चढाइसकेपछि बिद्यार्थीहरुलाइ किताव निकल्न लगाएँ। सबैले किताव निकाले आ आफ्नो अगाडिको डेस्कमा राखे। एउटी बिद्यार्थीको झोलाबाट किताव संगसगै एउटा गुलाफको फूल पनि निस्क्यो र भुइमा झर्यो।सबैले उनलाइ हेरे। उनि निकै डराइन्। म नजिक गएँ र सोधेँ। तिमीले किन फूल ल्याएको? नल्याउ भनेको होइन?” अरु केके छ नि झोलामा खै हेरुँ त भनेर उनको झोला हेरे । त्यहा अरु फूल पनि रहेछन। केहि सुकेका,केहि सुक्न लागेका , र एउटा चै ताजा जुन भुइमा खसेको थियो। उनले ती सबै फूल बाहिर निकालिन् र भनिन् – हजुरले फूल दियौ भने रिसाउछु भन्नुभयो त्यसैले मैले दिनदिनै ल्याएको थिएँ तर हजुर रिसाउनुहुन्छ भनेर झोलामा राखेको मिस। अनि मैले सोधेँ- कहाबाट टिपेर ल्याउथ्यौ त? चोरेरत होइन नि? उनले जबाफ दिइन् -” होइन मिस। हाम्रो घरमा दिनहुँ पुजाको फुल टिप्ने र पुजा गर्ने काम मेरो हुन्छ। त्यही पुजाको फूल मध्य एउटा फूल तपाइको लागि भनेर दिनहुँ झोलामा राख्छु। नरिसाउनुस है मिस ,प्लिज।” यति सुनेपछि मेरो मन भरियो। उनलाइ केहिछिन अंगालेर छातिमा टाँसे । कतिबेला आँसु खस्यो थाहै पाइन।