Category: अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

  • बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

    बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

    बिहार । भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

    राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ। धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य भएका छन् ।

    उता, उत्तर प्रदेशमा भने नेपालसँग सीमा जोडिएका जिल्लामा बाढीको अवस्था छ । पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८०० गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा परेका छन् ।

    शाहजहांपुरमा दिल्ली-लखनउ राजमार्ग लगातार दोस्रो दिन पनि बन्द छ। बलरामपुरको प्राथमिक विद्यालयमा ३ फिटसम्म पानी भरिएको छ ।यूपी–बिहार बाहेक देशभर भारी वर्षा भइरहेको छ । मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, छत्तीसगढ, पञ्जाब, हरियाणा, जम्मू, उत्तराखण्ड र हिमाचल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

    विभागले मुम्बईमा वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण सडक, रेल र हवाई यातायात सेवा प्रभावित हुन सक्नेछ । शुक्रबार राति र शनिबार बिहान दिल्लीका केही क्षेत्रमा भारी वर्षा भएको थियो। आज पनि यहाँ पानी पर्ने सम्भावना छ ।

  • युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

    युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

    एजेन्सी – युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे ।

    आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी नियन्त्रणमा लिइएको तथा मानवीय क्षती नभएको रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् ।

    यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी ड्रोन ‘रोकिएको’ बताएको छ ।

    पश्चिमी ब्रायन्स्क क्षेत्रमा, गभर्नर अलेक्ज्यान्डर बोगोमोभले एउटा मात्र ड्रोन खसालिएको र यसको भग्नावशेषले ‘प्रशासनिक भवनको छतलाई आंशिक रूपमा नष्ट गरेको’ बताए ।

    दुई वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको युक्रेनले आफ्नो क्षेत्रमा आक्रमणको प्रतिक्रियामा रूसी ऊर्जा र रक्षास्थललाई लक्षित गरी नियमित रूपमा आक्रमणहरू सुरु गरेको छ ।

  • बिहारको मोतिहारीमा निर्माणाधीन पुल भत्कियो

    बिहारको मोतिहारीमा निर्माणाधीन पुल भत्कियो

    पटना । भारतको बिहार राज्यको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । यो बिहारमा एक हप्ताभित्र भत्किएको तेस्रो पुल हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतको खबर भने आएको छैन ।

    ग्रामीण निर्माण विभाग (आरडब्ल्यूडी) ले घोरासहन ब्लकको एक नहरमा १६ मिटर लामो पुल निर्माण गरिरहेको थियो । डेढ करोड भारु लागतमा बन्न लागेको यस पुलले अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्ने थियो ।

    पछिल्लो समय बिहारमा पुल भत्किने क्रम बढेको छ । जुन ४ मा खगरियामा गंगा नदीमाथि बनेको पुलको एक भाग नदीमा धसिएको थियो ।

  • दिल्लीमा पानीको अभाव

    दिल्लीमा पानीको अभाव

    नयाँ दिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।

    बढ्दो तापक्रमको बीचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् । यसैबिच पानीको सङ्कटकै बेला भएको राजनीतिक खिचातानी बिचमा दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बसेकी छन् ।

    उता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताइन् । सुनीताले केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर  दुःखी भएको भन्दै उनको भावना सम्प्रेषण गरिदिएकी छन् ।

    केजरीवालले आतिशीको ’तपस्या’ सफल हुने र दिल्लीवासीले  पानीको समस्याबाट राहत पाउने आशासहित अतिशीलाई शुभकामना दिएका छन् । यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारमाथि आक्रमण जारी राखेको छ । भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाए ।

    पानीको सङ्कट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बाँसुरी स्वराजले आरोप लगाएका छन् ।

    उनले सहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै  मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनसनको धम्की दिइरहेको बताए ।

  • दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

    दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

    काठमाडौं । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् ।

    जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ । 

    चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ ।

    यो डुङ्गामा लिबिया र टर्कीका आप्रवासीहरू चढेका संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् । लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ ।

    आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसङ्घको मानवअधिकार संगठन र संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा ‘लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार थिए’ भनेका छन् ।

    भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।

  • जी ७ बैठक : रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

    जी ७ बैठक : रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

    काठमाडौं । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन् । यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ। 

    फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीहरूले यो जानकारी दिएका छन् । रुसको कब्जामा लिइएको ३२५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै जी ७ देशहरूले युक्रेनलाई सहयोग गर्ने भएका छन् ।

    रुसको सेन्ट्रल बैंकसँग रहेको रुसको ३२५ अर्ब डलर जी ७ देशहरूले जफत गरेको छ । यो रकमबाट किभलाई ५० अर्ब डलर ऋण दिने तयारी भएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि जी ७ सम्मेलनमा भाग लिन इटाली जाँदैछन् । जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच इटालीको पुगलियामा भेटवार्ता हुनसक्ने बताइएको छ । यदि कुनै कारणले रुसको पैसा छोड्नु पर्यो भने, सबै सदस्य राष्ट्रहरूले संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्ने विचार गर्ने रिपोर्टमा बताइएको छ । 

    अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार नै इटाली प्रस्थान गरेका छन् । मिडिया रिपोर्टका अनुसार बाइडेनले युक्रेनका राष्ट्रपतिसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न सक्नेछन् । 

    यो सम्झौताले अमेरिकाले भविष्यमा पनि युक्रेनलाई रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग गरिरहने स्पष्ट पार्नेछ ।

  • नेप्लिज लायन्स क्लब बेलायतको अध्यक्षमा पौडेल

    नेप्लिज लायन्स क्लब बेलायतको अध्यक्षमा पौडेल

    शशांक शर्मा, बेलायत। बेलायतको ऊल्भरहाम्टनमा पहिलो नेप्लिज लायन्स क्लब गठन भएको छ ।

    बेलायत ऊल्भरहाम्टन स्थित माउन्ट गोर्खा रेष्टुरेन्टमा भएको चार्टर सेलिब्रेसन दीपक पौडेल सर्वसम्मत प्रेसिडेन्ट बनेका छन् ।

    समितिमा रोशन सुन्दास सचिव र इन्द्रलाल पाठक कोषाध्यक्ष रहेका छन भने दिप्ती भण्डारी, रजत भण्डारी, आरजु भट्टराई, सचेत भट्टराई, कर्ण विश्वकर्मा, अनमोल बोहरा, रजनी दर्जी, सोनी घले, हरि कार्की, विष्णु लामिछाने, सफल न्यौपाने, कृष्ण सापकोटा, दीपक सुवेदी, धिरेन थापा, शिशिर उप्रेती, रबिना वाग्ले, रेजिना वाग्ले गरि बिस सदस्य कार्यसमिति गठन भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर डेभिड म्याकार्थिले लायन्स क्लबका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा.प्याटि हिलले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए भने पूर्व डिस्ट्रिक्ट गभर्नर रबिन्द्र सन्धुले चार्टर ब्याच तथा प्रमाणपत्र बितरण गरेका थीए ।

    कार्यक्रममा ऊल्भरहाम्टन स्थित हाम्रो नेपाली समाजका अध्यक्ष भीम शर्मा लगायत पूर्व अध्यक्षहरु गङ्गा गौतम, कृष्ण प्रसाद शर्मा, गोमा पौडेल, शिब खरेल को उपस्थित रहेको थियो। नबनियुक्त प्रेसिडेन्ट दिपक पौडेलले आफुले बिभीन्न संघ संस्था मार्फत समाजसेवा गरिसकेको र अब लायन्स क्लवको माध्यमले समाजसेवा लाई निरन्तरता दिने बताए। आफुले चितवनको चेपांग बस्तीमा चेपांगहरुको जिवन सुधार्ने केही काम गर्ने इच्छा रहेको र अब त्यसैलाई लंक्ष्य बनाई नबगठित लायन्स क्लवले काम गर्ने जानकारी गराए ।

    सन १९१७ मा अमरिकामा गठन भएको लायन्स क्लवले नेपालमा सामाजिक कामहरु गरिरहेको छ । लायन्स क्लवले यसै बर्ष अष्ट्रेलियामा अन्तराष्ट्रिय सम्मेलन गर्देछ ।

  • भारतमा लोकसभा चुनावको मतगणना आज

    भारतमा लोकसभा चुनावको मतगणना आज

    काठमाडौं । भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

    त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।

    कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिए ।

  • कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

    कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

    कुवेत सिटी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिवार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।

    सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेश मन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् । गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको ६ हप्तापछि संसद् विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

    गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।

    सांसदहरूसँग अधिकार भए पनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार सङ्कट निम्त्याउँछ । कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठुलो सार्वभौम सम्पत्ति कोष रहेको छ ।

    तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।

  • माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

    माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

    काठमाडौं । अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ ।

    उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउसो ज्यान गएको सेभेन न्यूज ले जानकारी दिएको छ ।

    उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा उनीहरूको ज्यान गएको बताइएको छ ।