Category: स्थानीय तह

स्थानीय तह

  • देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

    देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

    रुपन्देही – देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहीबार एक समारोहबीच दहमा महापरित्राण पाठ गर्दै महोत्सवको औपचारिक उद्घाटन गरिएको हो। देवदह–९ का वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीका अनुसार अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा निकालिएको थियो।

    महोत्सवको पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ सम्पन्न भयो। कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, अन्तर्राष्ट्रिय भिक्षुणी महासंघकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति थियो।

    भिक्षु मैत्री महास्थवीरले देवदह क्षेत्रको समग्र विकास आवश्यक रहेको बताउँदै, बौद्धकालीन ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनले क्षेत्रको समृद्धि ल्याउने उल्लेख गरे। उनले देवदह, बैरिमाई, कन्यामाई, पाकरी, पण्डितपुर र रामग्रामलाई समेटेर योजनाबद्ध विकास गर्नुपर्ने धारणा राखे।

    महोत्सवको कलश यात्रामा विभिन्न संघ–संस्था, आमा समूह र भूपू सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान लगायतले सहभागिता जनाएका थिए। उनीहरूले पानी, चिया लगायत सामग्री निःशुल्क वितरण गरेका थिए। बौद्ध परम्परा अनुसार बिहीबार महापरित्राण पाठसँगै सुरु भएको महोत्सवमा शुक्रबारदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ। हिन्दू परम्पराअनुसार कलश यात्रा गरी श्रीमद्भागवत महायज्ञ प्रारम्भ गरिनेछ।

    ऐतिहासिक मंगल पुष्करिणी (देवदह) को प्रचारप्रसारसहित देवदह–९ स्थित सन्दीप आधारभूत विद्यालय र छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएको गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको वडा सदस्य कृष्णमाया रानाले जानकारी दिइन्।

  • देवदहमा सहकारीको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी

    देवदहमा सहकारीको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी

    देवदह । रुपन्देहीको देवदहमा सहकारीहरुको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका सहकारी सञ्जालको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा  ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा मंगलबार उक्त कार्यक्रम भएको हो ।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी  गुरुङले गोष्ठीबाट उठेका कुराहरुलाई कार्यपालिकाको बैठकमा लैजाने र त्यसको समाधान गर्ने कुरामा आफू सकारात्मक रहेको बताइन । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी गुरूङले  एकै प्रकृतिका सहकारीहरु समायाेजन गर्न जरुरी रहेकोले  एकीकरण भएर जान आग्रह गरे । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता रहेको हुँदा समय समयमा सहकारीको काम कर्तब्यका बारेमा प्रशिक्षण दिनु पर्ने बताए । उनले सहकारीहरूले आर्थिक समृद्धि र सामाजिक एकतामा महत्त्वपूर्ण भुमिका खेल्ने हुदा सोही अनुसार लाग्न आग्रह गरिन ।

    सहकारीले शेयर सदस्यलाई ब्यावसायी र उद्धमी बनाउन आग्रह गर्दै नगरपालिकाले समेत सहयोग गर्न तयार रहेकाे बताइन । उनले यस किसिमका कार्यक्रमले सहकारी क्षेत्रलाई थप सशक्त र प्रभावकारी बन्नेमा आफू आसावादी रहेको बताइन ।

    कार्यशाला गोष्ठीमा  देवदह नगरपालिकाका सहकारी शाखाका तिर्थ खनाल, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन लगाएतले आ-आफ्नो भनाई राखेकी थिइन ।

    कार्यक्रममा कृषि सहकारीको विषयमा राष्ट्रिय सहकारी संघका सञ्चालक टीका न्यौपाने, बचत तथा ऋण सहकारी संस्थाको विषयमा जिल्ला सहकारी संघ रुपन्देहीको कोषाध्यक्ष सुभाकान्त न्यौपाने, बहुउद्देश्यीय सहकारी संस्थाको विषयमा जिल्ला सदस्य मोतिलाल ढकाल र दूध उत्पादक सहकारीका विषयमा सुर्यकान्त रेग्मीले प्रस्तुती दिएका थिए ।

    कार्यक्रम सहकारी संञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता र सञ्जालका सचिव गोबिन्द ठडराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने

    देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने

    देवदह । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदह–९, को मङ्गलपुष्करिणी दहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

    देवदह नगरपालिका–९, वडा कार्यालयको आयोजनामा चैत्र २१ देखि २८ गतेसम्म श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने वडाअध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए। मूल आयोजक समिति संयोजक जिसीले देवदह दहको संरक्षण, छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि महोत्सव आयोजना गरिएको बताए ।

    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह दह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको जिसीले जानकारी दिए । उनले महोत्सव एब लाखले भक्तजनले अवलोकन गर्ने र करिव १ करोडको कारोवार हुने वडाअध्यक्ष जिसीले जानकारी दिए । उनले महोत्सवबाट संकलन गरिएको रकमबाट देवदह दहको संरक्षण, देवदह–९, मा रहेको गौशालालाई व्यवस्थित गर्ने र सन्दिप आधारभूत विद्यालयको स्तरउन्नती गर्ने जानकारी दिए।

    महोत्सव अन्र्तगत चैत्र २१ गते पत्रकार सम्मेलनमा बोल्दै वडाअध्यक्ष जिसीले शान्तिले मात्र समृद्ध नगर बनाउन सकिने भएकोले देवदह दह लाई ध्यानकेन्द्रको रुपमा विकास गर्दै जाने बताए । पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले देवदह दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको बताए  । पुरातत्व विभागले उत्खनन् र प्रमाणीकरण लगायतका कार्यमा ढिलाइ गर्नु हुँदैन । उनले देवदहको धेरै ठाउमा उत्खनन् गरीसकेको भएपनि प्रमाणितकरण हुन नसकेको बताए । उनले उत्खनन्को क्रममा खयरडाडामा प्राचिन कुवा फेला परेको बताए ।

    महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ । चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते शोभा कलश यात्रा पछि महोत्सवको औपचारिक उद्घाटन गरिनेछ । महोत्सव अवधिभर प्रत्येक दिन पूजा–अर्चना, पाठ पारायण, कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कथावाचक पं. चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् ।

  • देवदह वडा नम्बर -५ मा वडा खेलकुद समिति गठन

    देवदह वडा नम्बर -५ मा वडा खेलकुद समिति गठन

    देवदह । देवदह नगरपालिका वडा नं ५ ले वडास्तरको खेलकुद समिति गठन गरेको छ । देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा शुक्रबार बैठक बसी  वडास्तरीय खेलकुद समिति गठन गरिएको हो ।

    वडा अध्यक्ष डुम्रेले वडा नं ५ खेलकुद समिति गठन गर्ने पहिलो वडा भएको दाबी गरे । उनले वडामा रहेका खेल प्रेमी युवाहरुलाई हिम्मत र प्रोत्साहन गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने उद्देशका साथ उक्त समिती गठन गरिएको बताए । उनले पहिला खेल्कुद समिती नबनेको हुदा बजेट पास गर्न उपभोक्त समिती निर्माण गर्नु पर्ने भएको र उक्त क्रियाकलपले बेरुजु देखिने हुदा आगमी दिनहरुमा यस समितीले वडामा आयोजना हुने सम्पुर्ण खेलको नगर खेलकुद समिती सङ समन्वय गरि विकास गर्न आग्रसर रहने बताए ।

    गणेश डुम्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नविन लुईटेलको अध्यक्षमा ९ सदस्यीय समिती निर्माण गरिएको छ। जसको उपाध्याक्ष कुलबिर घर्ती मगर, सचिव सलिना रेग्मी,कोषाध्यक्ष पारस न्यौपाने, सह सचिव निश्वल अर्याल, सदस्य विबेक खराल,बालकृष्ण सुनार,संगिता तामाङ्ग,सुवास चापागाई रहेका छन ।

  • राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    देवदह । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे ।

    देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताए । गुरुङ्गले शुसासन कायम नगर्दा सम्म देशको विकास हुन नसक्ने हुदा कानुनी शासन कायम नहुदा समस्या बढेको बताए । उनले मुलुक र नागरिककोे लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको बताए ।

    मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए । उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको बताए ।

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए ।

    देवदह व्यापार संघका अध्यक्ष कोेषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए। कार्यत्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गुरुङ्गले महोेत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पुर्‍याउने बताए  । उनले औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । उनले ६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिव १० करोड बरावरको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको जानकारी दिए ।

    देवदह नगरपालिका–७, शितलनगरबाट शुरु भएको विभिन्न झाकी सहितको र्‍याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

    पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ ।

    धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउँछन् ।

    विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।’

    उनका अनुसार लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् ।

    धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन् ।

    तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । उनले तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको बताए ।

    भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।

     

  • विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

    विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था

    नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । 

    नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए 

    जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।

    यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई आठ हजार छात्रवृत्ति प्रदान  गरेको छ।

    आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए। 

  • नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

    उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

    ‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’

    गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

    गत वर्ष पशुमा फैलिएको लम्पीस्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

  • कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्की । कास्कीमा गत एक वर्षको अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लघुउद्योग १३ र साना ६३६ वटा छन् ।

    नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए ।

    उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् ।

    कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

    एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

    यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ ।

    कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।

    यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए ।

    पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

  • कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

    काठमाडौं ।  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले बताएकी छन् । 

    मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ ।  नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्‍टि गरिने छ।