Tag: सन्दीप लामिछाने

  • सन्दीपको निलम्बन फुकुवा

    सन्दीपको निलम्बन फुकुवा

    काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो ।

    यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।

  • उच्चले दियो बलात्कार मुद्दामा सन्दीपलाई सफाई

    उच्चले दियो बलात्कार मुद्दामा सन्दीपलाई सफाई

    काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई सफाई दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाई दिएको हो । न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा मंगलबारलेखि सुनुवाई सुरु भएको थियो । तर दुई पक्षका वकिलहरुको बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । र बुधबार सोही इजलासमा सुनुवाईलाई निरन्तरता दिँदै फैसला सुनाइएको हो ।

    यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर राज ढकालको इजलासले २०८० पुष १३ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासले राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा गौशला २६ ले करणी भएको भनेको र गौशाला २६ को तथा प्रतिवादी सन्दीप लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ को बीचमा करणी भएको देखिएको भन्दै सन्दीपलाई दोषी ठहर गरेको थियो ।

    त्यस्तै जिल्ला अदालतले गौशला २६ को उमेर वारदात हुँदा १८ वर्ष पुगिसकेको फैसला गरेको थियो । १८ वर्ष पुगिसकेकी गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको थियो ।

    त्यसपछि २०८० पुष २५ गते जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको थियो भने उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि भएको थियो ।

    त्यसपछि २०८० फागुन १० गते सन्दीपले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदातल पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

  • सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

    सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ ।

    यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर टारेका थिए । जबकि अदालतसँग यथेष्ट समय थियो ।

    आज झन् पहिलो नम्बरमा नै पालो भएकाले ‘हेर्न नभ्याइने’ भनेर टार्न सक्ने अवस्था छैन । यद्यपि, न्यायधीशले अरु कुनै बहाना बनाएर सुनवाइ स्थगित गर्न सक्ने चिन्तामा सन्दीपका वकिलहरू छन् ।

  • विश्वकप खेल्न नपाएपछि सन्दीप :  म षड्यन्त्रको शिकार भएँ

    विश्वकप खेल्न नपाएपछि सन्दीप : म षड्यन्त्रको शिकार भएँ

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।

    नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

  • सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

    सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ ।

    उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

    सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

  • सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

    सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

    यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

    स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ ।

    उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ ।