Tag: गजल

  • हाम्रो प्रेमराज्य विस्तार हुनेछ

    हाम्रो प्रेमराज्य विस्तार हुनेछ

    जब तिम्रो र मेरो एउटै विचार हुनेछ
    तब हाम्रो सामु संसारकै हार हुनेछ

    जन्मनेछ नयाँ काव्य लिएर चेतना
    नयाँ प्रेम दर्शनको फेरि प्रचार हुनेछ

    भोजपुरे खुकुरी लुक्ने छ दापभित्र
    बुढो त्यो अचानोमा नयाँ धार हुनेछ

    लाटाले बोल्नेछन,आन्धाले हेर्नेछन्
    कसरी सूर्यको मुहार अन्धकार हुनेछ

    सयौँ फुलका एउटै थुँगो बन्नेछ प्रेम
    यसरी हाम्रो प्रेमराज्य विस्तार हुनेछ

    – कपिल अगस्त्य