कर्णाली जस्तै लाग्दैछ यो जीवन

यो संसारनै खास आफ्नो बसमा छैन
आफैले फेर्ने सास आफ्नो बसमा छैन

रस चुस्न भमरा आँफै आउने थिएन
फूलकोनै सुबास आफ्नो बसमा छैन

तिमीले दिल तोडेर उपहार दिएपछि
यो मनको उदास आफ्नो बसमा छैन

कर्णाली जस्तै लाग्दैछ यो जीवन पनि
उन्नति र विकास आफ्नो बसमा छैन

दुनियाँ आफ्नो बसमा राख्न खोज्नेकै
मर्दा आफ्नै लास आफ्नो बसमा छैन
– कपिल अगस्त्य

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *