हरषद ग्रुपमा मनाइयो स्वतन्त्रता दिवस

दुबई – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा दुबईको गोल्ड सुकस्थित हरषद ग्रुप कार्यालयमा भव्य कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रमको सुरुवात भारतको राष्ट्रिय गान बजाएर गरिएको थियो। त्यसपछि उपस्थित सबै कर्मचारी एकैठाउँ भेला भई केक काट्ने कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा आपसी शुभकामना आदान–प्रदान थियो, जसले कर्मचारीहरूबीच एकता, सहयोग र सद्भावको भावना प्रकट गर्‍यो।

हरषद ग्रुपका प्रतिनिधिले भने, “स्वतन्त्रता दिवस केवल ऐतिहासिक दिन होइन, यो हामी सबैलाई जिम्मेवारी र प्रेरणासँग अघि बढ्नको अवसर हो।”

हरषद ग्रुप ५० वर्ष पुरानो कम्पनी हो र हरेक वर्ष यसैगरी विशेष अवसरहरू उत्सवपूर्वक मनाउँदै आएको छ। यस कम्पनीमा सुन–चाँदी बनाउन आवश्यक पर्ने सामग्री र मेसिनहरू उपलब्ध छन्, जसले व्यवसायी र उद्योगपतिहरूलाई सजिलै आपूर्ति गर्छ।

यस कम्पनीको शाखा बराइन, साउदी अरब र भारत मा पनि अवस्थित छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *