अन्तर्राष्ट्रिय

कतारी राजा नेपाल आउने

काठमाडौं।  कतारी राजा शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारी थानीले यहि वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्न लागेका हुन् ।

नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकबाट हुन लागेको यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । १९ वर्षअघि अर्थात् सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । त्यसयता समेत ठुलो संख्यामा नेपालीहरु कतार पुगेका छन् । कतारी राजाको भ्रमणका अवसरमा नयाँ श्रम सम्झौता गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा कतारी राजा शेख तमिमको राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । कतारी राजा शेख तमिमले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् ।

कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।

नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउनका लागि कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताका बीचमा सम्बन्ध स्थापित गर्ने र यसमार्फत् अगाडि बढ्ने कतारको समेत चाहना रहेको बताइन्छ । यसका लागि आवश्यक सम्झौताहरु हुन सक्ने पनि बताइएको छ ।

तर कतारबाट हुन लागेको उच्च स्तरको भ्रमणबारे आवश्यक तयारी सरकारले गरेको देखिदैन । जबकी कतारी राजा नेपाल आउने समय अब केही दिन मात्रै बाँकी छ ।

  • प्रकाशित मिति :- शनिबार, बैशाख ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |