“विद्यालय तहको अध्यनमा कुनै पनि हालमा आफ्नो करियर बनाउन आफ्नो स्वार्थकालागी देश छाड्दिन विदेश जान्न जे गर्छु नेपालमा गर्छु भनेको थीए´ मेरो बाबाले पनि भन्नू हुन्थ्यो अरु सबै बिदेश जालान यो चै कतै जादैन यो पक्का हो । जब अध्यनकालागि काठमाडौं गए मेरो यो सोच,बिचार ठिक बिपरित भयो। यो कसरी भन्दा मेरो साथी सर्कालले गर्दा म उनिहरुलाइ दोष दिन त चाहेको हैन तर माहोल नै तेस्तै थीयो मेरा साथीहरुको भन्थे अमेरिका जाने, अष्ट्रेलिया जाने उतै सेट हुने अनि मेरो मस्तिष्कमा पनि तेस्तै सोच आयो । जब मैले बुबालाइ बिदेश जाने कुरा गरे उहाँ अचम्मित पर्नु भयो । मेरो सोच अष्ट्रेलिया जाने सुट बुटमा कम्प्युटर अगाडी काम गर्ने टन्न पैसा कमाउने” । यो भनाइ हो सम्भवत नेपालका कान्छो उपन्यासकार अस्मित रेग्मीको केहि दिन अघि एक अन्तर्वार्तामा रेग्मीले आफू अष्ट्रेलिया जादा पहिलो काम झाडु र भाडा माझेको बताए सोही सन्दर्भमा उनले भनेको थीए । मेरो हातमा झाडु पोछा हुदा मैले सोचे आजसम्म विद्यालय देखि हालसम्म मैले गरेको अध्यन मेरो ज्ञान सिप वा मेरो योग्यता यहि हो । उनले भनेका थीए के सोचेर आएको थीए के भएको थीयो म त्यो अवस्थाको समना गर्न तयार नै भएको थिएन मलाई तयार हुन समय चाहिएको थीयो म ६ महिनामै नेपाल फर्किए र तयार भएर आए । अस्मित जस्तै लाखौं युवाहरु हाल मेनपावर र कोन्सल्टेन्सीको अफिसमा भेटिन्छन् जस्ले कहिले कल्पनानै गरेका थीएन आफ्नो परिवार छाडेर लाखौं रिन काडेर प्रदेशिनु पर्छ भनेर यर विवस अनिदो रातो आँखा मिच्दै आज काममा जान बाध्य छ्न् ।
अध्यागमन विभागको बढ्दै ग्राफ
पछिल्लो एक वर्षमा स्थायी बसोबास गर्न ७१ हजार नेपालीले देश छोडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२३ मा विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्नका लागि ७१ हजार जना नेपालीले देश छोडेका हुन् । यो वर्ष नेपालबाट कुल १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए । जसमध्ये स्थायी रुपमा देश छोड्नेको संख्या ७० हजार ९ सय १५ जना रहेको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार सन् २०२३ मा ९१ हजार तीन सय ४९ जना नेपाली अस्थायी बसोबासका लागि विदेश गएका छन् । त्यस्तै, एक लाख ६७ हजार चार सय ८५ जना नेपाली विदेशमा रहेका आफ्नो परिवार भेट्न गएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, विदेश जानेमध्ये आधाभन्दा धेरै नेपालीहरु रोजगारी प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै नेपाली रोजगारीका लागि दुबई गएका छन् भने सबैभन्दा धेरै क्रमशः भारत, कतार, मलेसिया र साउदी अरब गएका छन् । हाल यो संख्याको ग्राफ उकालो लागिरहेको छ । आफ्नो स्नातक तह अध्यन गर्दागर्दै युएई आएका रेमन प्रधान भन्छन् “पढाई बिचमै छोड्नु पर्यो आफ्नो र क्याम्पसको खर्चकालागि जागिर गर्थे तर पढाइ र जागिरको जातोमा पिसिएको महसुस भयो जेठो छोरा भएका कारण मैले मेरो लागी भन्दा पनि परिवारको बारेमा सोच्ने बेला भएको थीयो त्यसैले टुटेको सपनाको भग्नावसेस देशमा छोडेर युएई आए ।
उच्च महत्वकांक्षा र देखासिकी
विदेश पलायन हुनुमा युवाहरुको उच्च महत्वकांक्षाले पनि काम गरेको देखिन्छ । युवाहरुको जीवनशैली फेरिएको छ । युवाका इच्छा, चाहना र आकांक्षाहरु असीमित तरिकाले बढेका छन् । छिटोछिटो प्रतिफल खोजिरहेका छन् । युवाहरुका अपेक्षा अनपेक्षित रुपमा बढिरहेको छ । युवाका आवश्यकताहरु दिनप्रतिदिन बढिरहेका छन् । जीवनशैली विलासितामा परिणत भएको छ । तसर्थ छिटो–छिटो धन कमाउन र रातारात धनी बन्ने तीव्र आकांक्षाले सबै युवालाई विदेश मोहले तानिरहेको छ । सबैमा विदेश मोह जागेको छ । छरछिमेक र साथीभाइको दवाव अनि देखासिकीको कारणले पनि विदेश जाने बाध्यता छ । एउटा छिमेकिको छोरा विदेश जान्छ अनि अर्को छिमेकिलाई पनि छोराछोरी विदेश पठाउन दबाब पर्दछ । विदेश जाने प्रवृति सामाजिक प्रतिष्ठाको विषय बनेको छ । समाज र परिवारले विदेश जानेलाई भाग्यमानी र स्वदेशमा बस्नेलाई अभागी भनेर ट्याग लगाउने अवस्था आएको छ ।
पढाई भन्दा पैसामा प्रेसर
विदेशमा पढ्नभन्दा पनि उनीहरू आफ्नो कामको ग्यारेन्टी भएमा बढी खुसी हुन्छन् । चालीस–पचास लाखको सम्पत्ति देखाएर विदेश पुगेका युवाहरू किताब र क्याम्पसमा होइनन्, काम र दाममा मरिहत्ते गर्छन् । घरमा सामान्य काम पनि नगरेका ती युवा त्यहाँ गएर होटेल के काम गर्छन्, कसैलाई थाहा छैन । जानेहरू यो काम गर्छौँ भनेर कसैका सामु भन्दैनन् । विदेशको परिवेशमा भाग्य खोज्न विवश नेपाली युवाको भविष्यले कस्तो फल दिन्छ ? यसको सहजै आकलन गर्न सकिन्न ।
राज्यसत्ताको आमुल परिवर्तन गर्ने र युवाहरुको भविष्य पूर्ण रुपले सुनिश्चित गर्ने लक्ष्यका साथ ती युगान्तकारी क्रान्ति र आन्दोलनहरु भएका थिए । तर, ती मुख्य आन्दोलनकर्ता युुवाहरुको भविश्य । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा देशले फड्को मार्ने थियो । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन सकेको भए युवाहरुले विदेश पलायन हुनु पर्ने थीएन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ ।