नेप्से १२ अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ ।

अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर, आइतबार खुलेको बजारमा नेप्से सूचक १२.२९ अंकले बढ्दै १९८४.४३ अंकमा उक्लिएको हो ।

आइतबार बैंकिङ र म्युचुअल फण्ड बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । म्यानु एण्ड प्रो समूहको उपसूचक १.९० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.१५ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेको छ भने आइतबार बैंकिङ समूहको उपसूचक र म्युचुअल फण्डको उपसूचक भने क्रमशः ०.३४ प्रतिशतले र ०.४३ प्रतिशतले घट्न पुगेको छ ।

आइतबार कारोबार भएका २४५ कम्पनीहरू मध्ये १७६ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । यता ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

१२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

  • प्रकाशित मिति :- आइतवार, बैशाख ९, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |