सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।

बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ । सामान्य अंकको वृद्धिसँगै नेप्से परिसूचक १९६९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा बुधबार ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १५ वटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

बुधबार नेप्सेमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ७२ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य वृद्धि आएपनि २ कम्पनीको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माइखोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८४ प्रतिशतले घटेको छ । यसक्रममा बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।

  • प्रकाशित मिति :- बुधबार, बैशाख १२, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |