बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

  • धनगढी ।  बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ ।

    शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले ११ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । लगत्तै मत गणना हुने उनले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation