बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

  • बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation