बेलायत। बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरूको संयुक्त च्यारेटेवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभावती जिल्ला जाजरकोटको संरचना पुननिर्माणमा सहयोग गर्ने भएको छ ।
संस्थाले जेठ १४ अर्थात अङ्ग्रेजी मे २७ तारखि च्यारिटी डिनर साँझको आयोजना गरि पुनर्नर्मिाणका लागी सहयोग जुटाउन लागेको हो । च्यारिटी सॅाझबाट सङ्कलित रकमबाट भत्केका कुनै एक स्वास्थ्य चौकी वा विद्यालय निर्माण गर्ने निर्णय गरिएको छ ।
च्यारिटी साँझमा बेलायतमा रहेका नेपालीलाई निमन्त्रणागरि भुकम्प प्रभावती जिल्ला जाजरकोटको संरचना पुनर्नर्मिाणका निम्ति सहयोग गर्न अनुरोध गरिने साझा नेपाली समाजका महासचिव शशाङ्क शर्माले बताए । उनले सो कार्यक्रमको संयोजन संस्थाका कार्यसमतिकिा सचिव सुरेश केसीलाई प्रदान गरेको बताए ।
सचिव केसीले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने र च्यारिटीले उद्देश्य प्राप्त गर्नेमा कुनै शंका नरहेको बताउँदै समाजको नाम निकट भविष्यमा जाजरकोटको कुनै एक विद्यालय वा हेल्थपोस्टको प्राङ्गणमा हुने जानकारी गराए । च्यारिटी सॅाझ मार्केट हारव्रोमा रहेको अवतार रेष्टुरेन्टमा गरिने जनाइएको छ ।