नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

  • काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।

    पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation