काठमाडौं । नेपालले जितका लागि २१० रनको विजय लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएपछि नेपालले २१० रनको लक्ष्य पाएको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट ८४ रन जोडे । उनले ५४ बलको सामना गरे । त्यस्तै फाबिअन एलेन ३३ रनमा नटआउट रहे । त्यस्तै एलिक एथान्ज ५ रन बनाएर आउट हुँदा जोनसन चार्ल्सले ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै केइसी कार्टीले ४ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १/१ विकेट लिए ।