रहेनन् प्युठानका भेल्लु बाजे

काठमाडौं । भेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो ।

केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा गरेका उनको ज्वाइँ हिमलाल पुन मगरले बताए । युट्युबलगायत सामाजिक सञ्जालमा उनलाई भाइरल गराएका युट्युबर तेजेन्द्र परियारले भने, ‘मसहित गएर दिउँसो अस्पतालमा भर्ना गराएका हौँ । उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो तर बोल्नसक्ने नै हुनुहुन्थ्यो । मृत्युका बारेमा आफन्तले अरु कुरा पनि गरिरहनुभएको छ । म बहिनीको उपचारका लागि बुटवल आएको छु । भर्खरै थाहा पाएँ, बाजे बित्नुभो भनेर ।’

प्युठान नगरपालिका- ४ का बुढामगर आफ्नो बोली व्यवहारका कारण केही महिनाअघिसम्म सोसल मिडियामा चर्चित थिए । गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो ।

  • प्रकाशित मिति :- बिहिबार, बैशाख २०, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |