नेपालको नक्सा नोटमा छाप्दा अरु देशले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनुनपर्ने बताएका छन् ।

    नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शनिबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसदले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

    भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए। दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरुको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation