मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं । भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिङ बोर्ड ढलेकाे थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।

उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि ढलेकाे थियो ।

होर्डिङ बोर्ड मुनि फसेकाहरुको उद्धारका लागि धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको जनाइएको छ ।

  • प्रकाशित मिति :- मङ्लबार, जेष्ठ १, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |