सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

  • काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ । 

    सत्तारुढ दल समाजवादीको  केन्द्रीय कमिटी बैठकले यस्तो माग गरेको हो। बिहीबार केन्द्रीय कमिटीका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सहकारी अपचलनमा गृहमन्त्री समेत संलग्न भएको विषय दुःखद भएको बताएको छ । 

    सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने, ‘सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ । यसमा गृहमन्त्री जोडिनु दुखद विषय हो ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation