आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट

  • काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    यसको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय ६.८० रुपैयाँ पुगेको छ ।

    यता नेरुडे मिरमिरे लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य पनि सर्किट लेभलमा बढेको छ ।

    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछिको कारोबारमा बजार बढेको छ । यो समाचार तयार पार्दासमम बजार ३६.१३ अंकले बढेर २०५४.८९ विन्दुमा अडिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation