पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनीहरूले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

  • प्रकाशित मिति :- मङ्लबार, जेष्ठ ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |