कृषि ईश्वर हो माटो
दानामा रक्त बोल्दछ
आत्मा चैतन्यको बाटो
पानामा कवि बोल्दछ
कृषि कृषकको अन्न
गहना हो उमङ्गको ।
पसिना हैन हुन् मोती
श्रम साध्य तरङ्गको ।।
हो हलो सृष्टि ब्रह्माको
जुवा हो बिष्णुको स्थिति ।
गोरुहुन् शिवका भागी
यसरी बुझ्दछन् कवि ।।
कृषक जहिलेसम्म
बाँच्दछन् दुःख ग्रस्त भै
साम्यवादी भनी हिड्ने
चिप्लन्छन् रोगग्रस्त भै
चैन छैन जहाँ निद्रा
कसरी मिल्छ मस्तको ।
यसरी बित्दछन् स्वार्थी
काल समय भ्रष्टको ।।
कृषि हो प्रेमको खेती
हैन ठेक्का कुकर्मको
राष्ट्रले कहिले सोच्ने
श्रमजीवी ति मर्मको
लेखक : आचार्य त्रिभुवन न्यौपाने