
बुटवल। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर समेत सार्वजनिक गर्दै निर्देशक सुब्बाले नेपाली समाजको यथार्थ चित्रण भएको कथा बुनिएको बताए।
३ मिनट ३० सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे विस्तृत प्रकाश पार्छ । फिल्मले नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबुछोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतारचढावको कथा पेश गर्छ । चोयाको उत्पादन गर्दै गाउँ बाटै बजारीकरण गरेको बाबुले गाउंमा बाटो आएपछि व्यापारमा तुसारापात आएको र पारिवारिक कस्ट भोग्नुपरेको कथालाई स्पस्ट चित्रण गरिएको निर्देशक सुब्बा बताउछन। सो अवसरमा बोल्दै फिल्मका कलाकार समेत रहेका राज थापा काउचाले नेपालि समाजको वास्तविक कथा र आफ्नै पनको फिल्म भएकाले दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल शाखा रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै फिल युनिटले नेपाली दर्शकको लागि जेष्ठ २५ गते ‘गाउँ आएको बाटो’ ठुलो उपहार बन्ने अपेक्षा गरेका छन्।
फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा फिल्मको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त महसुस हुन्छ। समाजको यथार्थ कथा बुनिएको फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास फिल्म टिमको रहेको छ।
‘सडकले केही लिएर आउँछ, केही दिन्छ र लगेर पनि जान्छ,’ टिजर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले भने, ‘यो कथा हाम्रो बाल्यकालको कथा पनि हो ।’प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको छ ।
फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् ।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मको नेपाल रिलिज हुन लागेको हो । जेष्ठ २५ गते देश बिदेशमा एकैपटक यो फिल्म प्रदर्शन हुने जनाइएको छ ।